हेटौंडा/हेटौंडा उपमहानगरपालिका—११ वडास्थित त्रिभुवन माविको पीटीएमा रामकृष्ण बस्नेत तेस्रो पटक अध्यक्ष बनेका छन् । विद्यालयको भेलाले बस्नेतलगायत सदस्यहरुलाई सर्वसम्मत् चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समिति र अभिभावक भेलाले अध्यक्ष÷सदस्य चयन गरेको हो । पीटीए सदस्यहरुमा छविलाल वाइबा, देवकी खड्का, खेमकुमारी तिमल्सिना, अम्बिका पाठक, शंकर दाहाल, कल्पना सापकोटा, पुष्पा थापा चयन भएका छन् । बस्नेतको सभाध्यक्षता तथा वडा अध्यक्ष तथा विव्यस अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको भेलामा विव्यस सल्लाहकार दीपक उप्रेती, प्रधानाध्यापक रामकुमार बर्तौला, विव्यस सदस्य गोबिन्दप्रसाद न्यौपाने, जनक लामिछाने, बद्री लम्साल, जमुना राई, सहायक प्रअ बैकुण्ठ नेपाल र शर्मिला ढकाललगायत शिक्षकको उपस्थिति थियो ।




















