हेटौंडा÷थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभुत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको छ । काठमाडौं अरुम लेडिज सर्कल–११ र काठमाडौं अरुम लेडिज सर्कल–९ को सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक तथा विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको हो ।

 कार्यक्रम थाहा–२, अंगारेका युवा समाजसेवी तथा विद्यालयका पूर्वविद्यार्थी दीपक कार्कीको संयोजनमा भएको हो । कार्यक्रममा सर्कल अध्यक्ष सालिनी शर्मा, कोषाध्यक्ष सुश्री अग्रवाल, युवा समाजसेवी कार्की र राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो । काठमाडौं अरुम लेडिज सर्कलले यसअघि पनि सरस्वती आधारभुत विद्यालयलाई कम्प्युटर प्रदान गरेको थियो । विद्यालयमा अध्ययनरत् विद्यार्थीको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले निरन्तर सहयोग गर्दै आएको सर्कलले जनाएको छ ।

कार्यक्रममा आगामी दिनमा पनि सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रधानको सभाध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा संस्थाका काशीराम कार्की, कुशल शर्मा, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।