हेटौंडा÷थाहा नगरपालिका–१, खानीगाउ“मा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको दुईकोठे पक्की भवन तथा किड्स अफ काठमाडौं र फाउन्डेसन हेयर्सको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको चारकोठे वातावरणमैत्री पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति ज्येष्ठ सदस्य गौतम लोको सभाध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य एवम् पूर्वसामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिका प्रमुख विष्णुबहादुर बिष्ट, फाउन्डेसन हेयर्सका एन्ड्र्युड तथा किड्स अफ काठमाडौंका बाबुराम गोलेको विशिष्ट आतिथ्यता थियो । थाहा नगर शिक्षा शाखा अधिकृत सूर्यबहादुर थिङ, वडा–१ का कार्यबाहक अध्यक्ष सरोज प्रधान, जिल्ला समन्वय समिति मकवानपुर सदस्य सुवर्ण गोपालीलगायतको उपस्थिति थियो । किड्स अफ काठमाडौं तथा फाउन्डेसन हेयर्सको करिब एक करोड लागतमा शौचालयसहित चारकोठे भवन निर्माण गरिएको हो । बागमती प्रदेश सरकारको करिब ३० लाख लागतमा दुईकोठे पक्की भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक अमृत तामाङले जानकारी दिए ।
किड्स अफ काठमाडौं र फाउन्डेसन हेयर्सको सहयोगमा निर्माण भएको चारकोठे भवन ¥याम्ड अर्थ प्रविधिमा आधारित छ । भवन वातावरणमैत्री हुनुका साथै आवश्यक परेको अवस्थामा सेल्टर हाउसका रुपमा समेत प्रयोग गर्न सकिने बताइएको छ । ¥याम्ड अर्थ प्रविधिमा स्थानीयरुपमा उपलब्ध माटो, बालुवा, ढुंगा तथा आवश्यक स्थिरीकरण सामग्रीलाई फर्मभित्र राखेर जोडस“ग खा“देर बलियो पर्खाल निर्माण गरिन्छ । स्थानीय स्रोत तथा साधन प्रयोग गर्न सकिने भएकाले यस प्रविधिलाई वातावरणमैत्री र दीगो निर्माण विधिका रुपमा लिइन्छ । कार्यक्रममा फाउन्डेसन हेयर्स र किड्स अफ काठमाडौंका प्रतिनिधिले नवनिर्मित विद्यालय भवनको सा“चो थाहा नगरपालिकालाई हस्तान्तरण गरेका थिए । किड्स अफ काठमाडौं तथा फाउन्डेसन हेयर्सले वातावरणमैत्री विद्यालय निर्माणलाई प्राथमिकता दि“दै देशका विभिन्न स्थानमा हालसम्म १३ वटा विद्यालय निर्माण गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि मोक्तानले विद्यालय भवन निर्माणमा आधुनिक प्रविधिस“गै स्थानीय स्रोत, साधन र आवश्यकतालाई जोड्नु महत्वपूर्ण रहेको बताइन् । उनले गुणस्तरीय भौतिक पूर्वाधारले बालबालिकाको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन् । थाहा नगरपालिका प्रमुख बिष्टले विद्यालयलाई प्राप्त सहयोगप्रति धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनले विद्यार्थीको पठनपाठनका लागि थप सहज वातावरण निर्माण गर्ने बताए । उनले स्थानीय स्रोत र वातावरणमैत्री प्रविधि प्रयोगबाट निर्माण भएको भवन थाहा नगरका लागिसमेत उदाहरणीय रहेको उल्लेख गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका निरन्तर सहकार्य गर्ने बताए ।
किड्स अफ काठमाडौंका गोलेले स्थानीय सामग्री र स्रोत प्रयोग गरी वातावरणमैत्री तथा टिकाउ विद्यालय भवन निर्माण गर्न सकिने बताए । ¥याम्ड अर्थ प्रविधिको प्रयोगले निर्माणलाई स्थानीय परिवेशस“ग जोड्नुका साथै वातावरणीय प्रभाव कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । उनले विद्यालयलाई केवल पठनपाठन गर्ने भवनका रुपमा मात्र नभइ आवश्यक पर्दा समुदायका लागिसमेत उपयोग गर्न सकिने संरचनाका रुपमा विकास गर्न सकिने बताए ।
फाउन्डेसन हेयर्सका एन्ड्र्युडले स्थानीय आवश्यकता र वातावरणलाई ध्यानमा राखेर विद्यालय भवन निर्माण गरिएको बताए । स्थानीय स्रोतसाधनको अधिकतम् प्रयोग गर्दै सुरक्षित, दीगो र वातावरणमैत्री संरचना निर्माण गर्ने उद्धेश्यअनुसार प्राथमिक विद्यालय भवन निर्माण गरिएको उनको भनाइ थियो । उनले नेपालका विभिन्न स्थानमा वातावरणमैत्री विद्यालय निर्माणको अभियानलाई निरन्तरता दिइरहेको जानकारी दि“दै समुदाय र स्थानीय तहस“गको सहकार्यलाई प्राथमिकता दिने बताए । भवन हस्तान्तरण समारोहमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा कुन्छाल महिला बा“सुरी समूहको प्रस्तुति तथा तामाङ झँ“क्री नाच प्रस्तुत गरिएको थियो ।













