हेटौँडा, मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, भावना मार्गमा एक पुरुष घरको दोस्रो तलामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने उनकी श्रीमती घाइते अवस्थामा भेटिएकी छन्।

प्रहरीका अनुसार ४५–४६ वर्षीय शंकर कार्की घरको दोस्रो तलामा मृत अवस्थामा फेला परेका हुन्। उनकी ४० वर्षीया श्रीमती चरिमाया कार्की भान्सा कोठामा घाइते अवस्थामा भेटिएकी थिइन्।

घाइते चरिमायाको मुख, टाउको तथा दुवै खुट्टामा चोट लागेको जनाइएको छ। उनलाई थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रगत लागेको ढुङ्गाको लोहोरो र इँटासमेत फेला परेको बताइएको छ। घटनाको वास्तविक कारण र घटनाक्रमबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको छ।