। मकवानपुरको बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान्–श्रीमतीबीच झैझगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ।

प्रहरीका अनुसार कात्तिक ११ गते राति करिब १ बजे स्थानीय ५३ वर्षीय टेकबहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबीच झैझगडा तथा कुटपिट भएको थियो। घटनामा टेकबहादुरको मृत्यु भएको हो।

घटनापछि प्रहरीले प्रेमकुमारीलाई नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।