हेटौंडा÷हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडास्थित शंकरज्योति माविका विद्यार्थीलाई विद्यालयले पुरस्कार वितरण गरेको छ । २०८२ को वार्षिक परीक्षामा कक्षा शिशुदेखि ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत गरेको हो ।

उनीहरुलाई विद्यालयले पुरस्कारस्वरुप शैक्षिक सामग्री प्रदान गरेको थियो । विद्यालयले अध्ययनरत् कक्षा–२ देखि ६ सम्मका छात्रा, दलित, सीमान्तकृत विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । विद्यालयले करिब २ सय जनालाई छात्रवृत्ति प्रदान गरेको हो । प्रधानाध्यापक महेशकुमार रिजालको सभाध्यक्षता तथा विव्यस कार्यबाहक अध्यक्ष जनप्रतिनिधि गोपिनी सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । यस्ता कार्यक्रमले विद्यार्थीको हौसला बढाउने हुनाले अतिरिक्त कार्यक्रमहरु विद्यालयमा हुनुपर्ने कार्यक्रमकी प्रमुख अतिथि वडा सदस्य सापकोटाले बताइन्