मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन्।

आइतबार राति करिब १ः४५ बजे प्रहरी चौकी चित्लाङको चेकपोस्टमा जाँच गर्ने क्रममा बा.प्र.०१–०३५ च ४५६१ नम्बरको ओमोडा जेइकु गाडीको डिक्कीमा लुकाएर राखिएको अवस्थामा पाँच पोका चरेस फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्। प्रहरीले गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।