काठमाडौं/सरकारले संघीय संसद्का सदस्यहरुले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यसबारे निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जानकारी दिइन् । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले असोज ५ गते सांसद्ले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले फेरि सांसद्लाई स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताएको हो । मन्त्रिपरिषद्को बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुबिधासम्बन्धि ऐन, २०७३ को अनुसूची परिमार्जन गरेर सांसद्ले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो ।











