भिम्फेदी चिसापानी मा दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्। मधेश प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतक पक्षको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरी मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, रोजगारी तथा घाइते तीन बालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था सात दिनभित्र गर्न माग गरेको छ। उक्त माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्याई सम्बोधनका लागि पहल गर्ने आश्वासनपछि शव परीक्षणमा सहमति जुटेको हो। परीक्षणपछि आफन्तले शव बुझेर सर्लाही लैजाने तयारी गरेका छन्





















