हेटौंडा÷यमपञ्चकसमेत भनिने तिहारको पाँच दिनमा क्रमैसँगै, कुकुर, गाई, गोरु र आफना दाजुभाइको पुजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म पा“च दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ ।
हिन्दु धर्मावलम्बीहरुको अर्को महान् पर्व बडादशैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिन आज यमराजको दुत कागको पुजा गरिन्छ । काग तिहारको दिनमा यमराजको सन्देशवाहकका रुपमा कागलाई सम्मानसाथ पुजा गरेर खानेकुरा दिने चलन छ । हाम्रो नेपाली समाजमा कागलाई सन्देशवाहक प्राणीका रुपमा लिइन्छ । अझ पनि गाउ“घरमा आफ्नो घरअगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।
कागले विशेषगरि अशुभ सन्देश छिटो ल्याउने जनविश्वास छ । त्यसैले आफ्नो घरआ“गनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल÷सुबोल’ अर्थात् शुभ बोल भनेर भनिन्छ । हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वीलोकका मानिसहरुको जन्ममृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता छ । आकाशबाट उडेर छिटो सन्देश ल्याउन र लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दुत बनाएको धार्मिक विश्वास छ । त्यसैले काग तिहारको दिनमा कागलाई पुजा गरेर मीठो खानेकुरा खान दिए यसले वर्षभरि आफ्नो घरमा दुःखद् सन्देश ल्याउ“दैन भन्ने विश्वास छ ।
काग तिहारको दिन कागको पुजा नगरे पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास छ । त्यसैले कागतिहारमा कागलाई घरआ“गनमा बोलाइ घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा विहानदेखि कागको पुजा गरिन्छ, घरबाहिर पात वा दुनाटपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पुजा गर्दै आउ“दो वर्षभरि कागले आफ्नो घरआ“गनमा राम्रो र सुखद् खबरमात्र ल्याओस् भनेर कामना गरिन्छ ।
प्रकृतिका लागि पनि काग एउटा नभइ नहुने पक्षी हो । यसले हाम्रो इकोसिस्टममा पनि ठूलो योगदान दिन्छ । हामीले लगाएको बालीनालीलाई हानि गर्ने कीराफट्यांग्रा खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ । यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउ“छ । मानवसभ्यता र प्रकृतिस“ग जोडिएको पक्षी कागको पुजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ ।
अथर्व वेदस“ग सम्बद्ध उपवेदका रुपमा आयुर्वेदलाई उल्लेख गरिएको छ । आयुर्वेद मानव स्वास्थ्य, रोगको निदान, उपचार, औषधि विज्ञान तथा दीर्घजीवनस“ग सम्बन्धित ज्ञानविज्ञानको समष्टीगत् शास्त्र हो । यसको मुल उद्धेश्य मानवजीवनलाई स्वस्थ्य, निरोगी र दीर्घजीवी बनाउनु हो । चिकित्सा क्षेत्र विशेषतः शल्यचिकित्साको क्षेत्रमा भारतीय संस्कृतिका प्रारम्भिक तथा विशिष्ट अगुवामध्ये एक धन्वन्तरी हुन् ।
पौराणिक मान्यताअनुसार देवता र असुरबीच भएको समुद्रमन्थनका क्रममा कालकुट विष, विभिन्न रत्न, दिव्य औषधि तथा अमृत प्रकट भएका थिए । सोही समुद्रमन्थनबाट भगवान् विष्णुको अंशावतारका रुपमा भगवान् धन्वन्तरी अमृतकलश धारण गरी प्रकट भएको प्रसंग पुराणहरुमा वर्णित छ । दूधको समुद्र (क्षीरसागर) बाट धन्वन्तरी प्रकट भएको कथा भागवत् पुराण, महाभारतको आदिपर्व र वाल्मीकि रामायणमा उल्लेख गरिएको छ ।
हरिवंश पुराणमा क्षीरसागरबाट प्रकट भएपछि धन्वन्तरीलाई अब्ज उपाधि प्रदान गरिएको र उनी भास्कर अर्थात् सूर्यदेवका शिष्य बनेको वर्णन छ । पछि उनी काशीका राजाका रुपमा पुनर्जन्म लिएको पनि उल्लेख गरिएको छ । वायु पुराणमा पनि धन्वन्तरी क्षीरसागरबाट प्रकट भएको र पछि काशीका राजाका रुपमा पुनर्जन्म लिएको कथा दोहो¥याइएको छ । तथापि, यस पुराणमा धन्वन्तरीलाई विष्णुको अवतार नभइ विष्णुका पुत्रका रुपमा चित्रण गरिएको छ । व्रह्मवैवर्त पुराणमा वासुकीकी बहिनी देवी मनसादेवी र धन्वन्तरीबीच भएको युद्धको कथा वर्णन गरिएको छ । यस पुराणमा भगवान् धन्वन्तरीलाई गरुड र भगवान् शिवका शिष्यका रुपमा प्रस्तुत गरिएको छ ।
स्कन्द, गरुड र मार्कण्डेय पुराणमा धन्वन्तरीसम्बन्धि अर्को भिन्न कथा प्रस्तुत गरिएको छ । कथाअनुसार वीरभद्रा नामकी एक युवतीले प्यासले व्याकुल तथा थकित ऋषि गालवलाई पानी खुवाएर उनको तिर्खा मेटाएकी थिइन् । त्यसबाट प्रसन्न भएका ऋषिले उनलाई सबै शास्त्रमा निपुण पुत्र प्राप्त हुने वरदान दिए । पछि ती युवतीले धन्वन्तरीलाई जन्म दिइन् । धन्वन्तरीले अश्विनीकुमारहरुबाट आयुर्वेदको ज्ञान प्राप्त गरे र उनीहरुकै छोरीहरुस“ग विवाह गरे ।
विष्णु पुराणमा वर्णित समुद्रमन्थनको कथाअनुसार धन्वन्तरी प्रकट भएको केही समयपछि लक्ष्मी प्रकट भएकी थिइन् । यही आधारमा लक्ष्मीपुजाको अघिल्लो दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीमा धन्वन्तरी जयन्ती मनाइने गरिन्छ । अन्य ग्रन्थहरुमा भने समुद्रमन्थनको अन्त्यतिर तुलसी प्रकट भएपछि धन्वन्तरी प्रकट भएको वर्णन पाइन्छ । ती ग्रन्थहरुमा पनि धन्वन्तरि जयन्ती कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाउने परम्परा रहेको उल्लेख छ । धन्वन्तरीलाई आयुर्वेदका अधिष्ठाता देवताका रुपमा सम्मान गरिन्छ । उनको हातमा रहेको अमृतकलशले जीवनरक्षा, आरोग्य र अमरत्वको प्रतीकात्मक सन्देश बोकेको छ । सोमलता, मृतसञ्जीवनीलगायत दिव्य औषधिहरुको पौराणिक महत्व पनि जीवनरक्षास“ग जोडिएको छ ।
आयुर्वेदको विकास र प्रवद्र्धनमा अश्विनीकुमार, देवदत्त, सुश्रुतलगायत आचार्य तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान छ । वैदिक परम्परामा औषधि र आरोग्यलाई विशेष महत्व दिइएको छ । भेषजमसिं अर्थात् तिमी औषधिरुप हौ भन्ने वैदिक भावले औषधिको जीवनरक्षक महत्वलाई उजागर गर्दछ । रुद्रलाई रोगनिवारक तथा मृत्युञ्जयका रुपमा स्तुति गरिनु पनि आरोग्यसम्बन्धि यही आध्यात्मिक चिन्तनको एउटा पक्ष हो । कलशपुजाको प्रसंगमा गंगाजल, सर्वौषधि, पञ्चपल्लव, सप्तमृत्तिका र पञ्चरत्न आदिले युक्त जलद्वारा अभिषेक गर्ने धार्



















