हेटौंडा/नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिन सफल तथा सर्वोत्कृष्ट खेलाडी घोषित रिजन ढकाललाई हेटौंडामा सम्मान गरिएको छ ।
ओ
हेटौंडा–४, हुप्रचौरस्थित डिडिसी आउटलेटले आज(सोमबार) क्रिकेटर ढकाललाई सम्मान गरेको हो ।
खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै मकवानपुरको नाम राष्ट्रियस्तरमा चिनाउन सफल खेलाडीको योगदानको कदर गर्दै सम्मान गरिएको आउटलेटका सञ्चालक फेन्चु लामाले बताए ।
खेलाडीलाई प्रोत्साहन गर्ने र आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको लामाको भनाइ छ ।

उनले स्थानीयस्तरबाट खेलाडीको प्रतिभा र मेहनतालाई सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

















