काठमाडौं/नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले आफ्नो पार्टी हार्नका लागि जन्मिएको नभएको भन्दै आगामी दिनमा पुनः निर्वाचन जितेर सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले मुलुकको विकास, राष्ट्रियताको संरक्षण र देशको समृद्धिका लागि एमालेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउ“दै ती जिम्मेवारी पूरा गरेरै छाड्ने जिकिर गरे । आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको केन्द्र बन्ने उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई विगतका कमजोरी सुधार्दै जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिए । विगतमा काम गर्ने क्रममा कुनै कमजोरी वा त्रुटि भएको भए त्यसलाई तत्काल सच्याएर जनतामाझ आफ्नो प्रभावकारी उपस्थिति देखाउन उनले आग्रह गरे ।
जनप्रतिनिधिहरुले राम्रो काम गर्न सके पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने उनको भनाइ थियो । जनताको विश्वास र समर्थन प्राप्त गर्ने गरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दि“दै उनले स्थानीय तहलाई संविधान तथा संघ र प्रदेशका कानुनस“ग नबाझिने गरी आवश्यक ऐन तथा कानुन निर्माण गरेर काम गर्न सक्ने अधिकार रहेको पनि स्मरण गराए ।
अध्यक्ष ओलीले हाल एमाले केन्द्रमा सरकार सञ्चालन गर्ने अवस्थामा नरहे पनि त्यो अवस्था धेरै समय नरहने दाबी गरे । आगामी दिनमा पुनः सरकार सञ्चालन गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले पार्टीले देश निर्माण, राष्ट्रियताको रक्षा र विकासको जिम्मेवारी पूरा गर्ने बताए । उनले भने–अब निर्वाचनमा लडाइ“को थलो स्थानीय तह बन्नेवाला छ । यदि हिजो केही कमजोरी रहे भने हतारहतार सच्याउनुस् । जनप्रतिनिधिहरुले आफ्नो कामलाई सुधार्नुपर्छ । राम्रो काम गर्नुभएको छ भने फेरि त्यही पदमा दोहोरिने सम्भावना हुन्छ । त्यसैले मुख्यतः जनप्रतिनिधिहरुले नै कामलाई सोझ्याउनुपर्छ । संविधान तथा संघ र प्रदेशका कानुनस“ग नबाझिने गरी आफ्ना कानुन र ऐन बनाउन सक्नुहुन्छ । हाल हामी केन्द्रीय तहबाट गर्ने ठाउ“मा छैनौं । तर धेरै ढिलो होला जस्तो लाग्दैन । हामी फेरि कानुन बनाउने ठाउ“मा पुग्छौं । हाम्रो पार्टी हार्नका लागि जन्मिएको पार्टी नै होइन । हामी जित्छौं । यो पार्टीले देश बनाउनै पर्नेछ । यसले देश जोगाउ“छ, देश बनाउ“छ र राष्ट्रियताको रक्षा गर्छ । अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ता तथा आमनागरिकको विश्वास जित्ने गरी कार्यसम्पादन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।


















