काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक हाइस मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित नागमार पुल नजिक दुर्घटनामा परेको छ ।
प्रारम्भिक जानकारी अनुसार, हाइस रोक्ने क्रममा पछाडि (ब्याक) सार्दा एक्कासि अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो । साँघुरो र भिरालो सडक खण्डमा गाडी पछाडि सार्ने क्रममा सन्तुलन गुम्दा उक्त दुर्घटना भएको बुझिएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीय बासिन्दा र नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थलतर्फ खटिएको छ । हाइसमा कति जना यात्रु सवार थिए र दुर्घटनामा मानवीय क्षति भए/नभएको बारे यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।















