हेटौंडा/मकवानपुरमा करिब चार वर्ष अवधिमा साढे २२ हजार मतदाता थपिएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरमा कात्तिक १५ गतेसम्म ३ लाख १७ हजार ४ सय ३५ मतदाता छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ मतदाता थिए । करिब चार वर्षमा जिल्लामा २२ हजार ५ सय १६ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । मकवानपुरका १० पालिकामध्ये सबभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरपालिकामा छन् । उक्त उपमहानगरपालिकामा कात्तिक १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका १ लाख १७ हजार ७ सय १ मतदाता छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा हेटौंडामा १ लाख ४ हजार ४ सय ७३ मतदाता थिए । करिब चार वर्ष अवधिमा यहा“ १३ हजार २ सय २८ मतदाता थपिएका छन् । मकवानपुरमा थपिएका कुल मतदातामध्ये ५० प्रतिशत् बढी हेटौंडा उपमहानगरपालिकामा थपिएको निर्वाचन अधिकारी ढकालले बताए ।
मकवानपुरका १० वटा पालिकामध्ये एउटा पालिकामा भने करिब चार वर्षमा मतदाता संख्या बढ्नुको सट्टा घटेको छ । जिल्लाको भौगोलिक क्षेत्रफल र जनसंख्याका हिसाबले सबभन्दा सानो इन्द्रसरोवर गाउ“पालिकामा चार वर्षमा १ सय ५२ मतदाता घटेका छन् । पालिका छाडेर अन्यत्र बसाइ“ सरेका कारण मतदाता संख्या घटेको हुनसक्ने प्रदेश निर्वाचन कार्यालयका कर्मचारीको अनुमान छ ।
संघीय राजधानीस“ग जोडिएको उक्त पालिकामा २०७९ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ४ सय ७१ मतदाता थिए । कात्तिक १५ सम्म उक्त संख्या घटेर १२ हजार ३ सय १९ पुगेको छ । पा“च वटा वडामा विभाजित उक्त पालिकामा मतदाता संख्या घट्नुको कारणबारे जिज्ञासा राख्दा पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बसाइ“सराइका कारण यस्तो भएको बताए ।
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा करिब चार वर्ष अवधिमा २ हजार १ सय ७७ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार थाहा नगरपालिकामा कात्तिक १५ सम्म १८ वर्ष उमेर पूरा भएका ३४ हजार ४ सय ८४ मतदाता छन् । २०७९ को स्थानीय तह निर्वाचनमा त्यहा“ ३२ हजार ३ सय ७ मतदाता थिए । मकवानपुरका अन्य पालिकामा भने चार वर्ष अवधिमा तुलनात्मकरुपमा कम मतदाता थपिएका छन् । मनहरी गाउ“पालिकामा २ हजार ४ सय ७६ मतदाता थपिएका छन् भने दुर्गम राक्सिराङ गाउ“पालिकामा ३ सय ४२ जनामात्र थपिएका छन् । अर्को पालिका कैलाश गाउ“पालिकामा १ हजार ४ सय ८९ मतदाता थपिएका छन् ।
मकवानपुरको सुदूरपूर्वमा पर्ने बागमती गाउ“पालिकामा चार वर्ष अवधिमा ४ सय ५८ मतदातामात्र थपिएका छन् । जिल्लाका गाउ“पालिकामध्ये भौगोलिक क्षेत्रफलका हिसाबले सबभन्दा ठूलो बकैया गाउ“पालिकामा ९ सय ७८ र जिल्लाको पूर्वसदरमुकाम भीमफेदी गाउ“पालिकामा ५ सय ३२ मतदाता थपिएका छन् । दुर्गम पालिकाका विकट गाउ“बस्तीमा सडक, बिजुली, शिक्षा र अन्य आधारभुत सुबिधा विस्तार भए पनि मानिसको बसाइ गाउ“मा टिक्न सकेको छैन । रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सुबिधासम्पन्न जीवनको खोजीमा युवा तथा परिवार वैदेशिक रोजगारी, संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडालगायत सहरतर्फ आउने क्रम रोकिएको छैन । ‘गाउ“मा विकास पुगेको छ । तर, ग्रामीण भेगका बासिन्दा सहर कुदेका छन्,’ इन्द्रसरोवर गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भने । राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ३२ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा मकवानपुरको जनसंख्या वृद्धिदर ० दशमलव ९९ प्रतिशत् छ । २०७८ को जनगणनाअनुसार मकवानपुरको जनसंख्या ४ लाख ५८ हजार ४ सय ९४ छ ।


















