हेटौंडा/मकवानपुरको थाहा नगरमा पर्यटन प्रवद्र्धन तथा ऐतिहासिक प्राचीन पदमार्गको पुनः पहिचान र संरक्षण गर्ने उद्धेश्यसहित ‘हाम्रो सुमेरु, हाम्रो यात्रा’ नाम दिएर पदयात्रा गरिएको छ । थाहा नगरपालिका–३ का मधुसूदन बिष्टको अगुवाइमा १५ जनाको टोलीले थाहा नगरपालिका–१, ओखरबजारस्थित गणेश मन्दिरबाट पदयात्रा गरेको हो ।
पदयात्रा झम्केश्वर महादेव हुदै रुप्से, दामन, सीमभञ्ज्याङ, तारेभिर, ऋषेश्वर, पाथीभरा, सोलाभञ्ज्याङ, अस्पतालडा“डा, केशरी भञ्ज्याङ, कुइभिर, कोटथुम्की र कुटिप्वाकल हु“दै पुनः गणेशथान आइपुगेको हो । प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र ऐतिहासिक पदमार्गलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउने लक्ष्यसहित सुरु गरिएको अभियानले थाहाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । हराउ“दै गएका पुराना पदमार्गलाई पुनः ब्यु“झाउने, नया“पुस्तालाई स्थानीय इतिहास र भुगोलस“ग जोड्ने तथा आरोग्य पर्यटनको सम्भावना उजागर गर्ने अभियानको उद्धेश्य छ ।


















