हेटौंडा÷एउटा बालबालिकाले पहिलो पटक आफ्नो नाम लेख्न सिक्नु, अरुस“ग बोल्ने प्रयास गर्नु, आफैं खाना खान सक्नु वा आफ्ना आवश्यकता व्यक्त गर्न सक्नु सामान्यजस्तै लाग्न सक्छ । तर, बौद्धिक तथा विकासात्मक अपांगता भएका बालबालिका र उनीहरुका परिवारका लागि यस्ता साना उपलब्धि पनि जीवनकै महत्वपूर्ण खुशी बन्न सक्छन् । उचित शिक्षा, निरन्तर अभ्यास, थेरापी र माया पाउने हो भने हरेक बालबालिका आफ्नो क्षमताअनुसार अघि बढ्न सक्छन् । यही विश्वासलाई व्यवहारमा उतार्दै नेपालमा विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा, हेरचाह र पुनस्र्थापनामा काम गरिरहेको संस्था हो, सी आशा फाउन्डेसन ।

विशेष आवश्यकता भएका बालबालिकालाई दया र सहानुभूतिको दृष्टिले मात्र हेर्ने होइन, उनीहरुको अधिकार, क्षमता र सम्भावनालाई स्वीकार गर्ने सामाजिक वातावरण निर्माण गर्नु आवश्यकता हो । उनीहरुलाई पनि अन्य बालबालिकासरह सिक्ने, खेल्ने, सिर्जना गर्ने, काम गर्ने र सम्मानपूर्वक बा“च्ने अवसर चाहिन्छ । सी आशा फाउन्डेसनले शिक्षा, थेरापी, आवासीय हेरचाह र रोजगारीमा समावेशितामार्फत् यही अवसर निर्माणको प्रयास गरिरहेको छ । हेटौंडाबाट सुरु भएको एउटा सानो पहल तीन स्थानसम्म विस्तार हुनु यस यात्राको महत्वपूर्ण उपलब्धि हो । अझै धेरै बालबालिकासम्म सेवा पु¥याउनुपर्ने चुनौती बा“की रहे पनि संस्थाको मूल विश्वास स्पष्ट छ—हरेक बालबालिकामा सम्भावना हुन्छ । त्यसलाई पहिचान गर्न उचित अवसर र सहयोग आवश्यक हुन्छ । यही विश्वासलाई व्यवहारमा उतार्दै सी आशा फाउन्डेसन विशेष बालबालिकाका लागि आशाको उज्यालो बनिरहेको छ ।

नेपालमा अझै पनि विशेष आवश्यकता भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा र आवश्यक थेरापी सेवाको पहु“च सहज छैन । विशेष शिक्षा प्रदान गर्ने संस्था सीमित छन् र तीमध्ये धेरैजसो ठुला सहरमा केन्द्रित छन् । फलस्वरुप, देशका विभिन्न स्थानमा रहेका बालबालिका आवश्यक सहयोगबाट वञ्चित हुनुपरेको छ । कतिपय बालबालिका शिक्षा र थेरापीको अवसर नपाएर घरमै सीमित छन् । उनीहरुका अभिभावकले समेत बालबालिकाको अवस्था बुझ्ने, उचित हेरचाह गर्ने र भविष्यको बाटो पहिल्याउने क्रममा अनेकौं कठिनाइ सामना गर्नुपरेको छ ।

यही वास्तविकतालाई नजिकबाट अनुभूत गर्दै सी आशा फाउन्डेसनको यात्रा सुरु भएको हो । यसको स्थापना सन् २०१२ मा आइना बार्साको पहल र दीर्घकालीन प्रतिबद्धताबाट भएको हो । नेपालमा रह“दा बौद्धिक तथा विकासात्मक अपांगता भएका बालबालिका र उनीहरुका परिवारस“ग काम गर्ने क्रममा उनले धेरै बालबालिका शिक्षा, थेरापी र आवश्यक संरक्षणबाट वञ्चित रहेको अवस्था देखेकी थिइन् । बालबालिकामा क्षमता हु“दाहु“दै पनि उपयुक्त अवसर र सेवा उपलब्ध नभएका कारण उनीहरु सामाजिक जीवनबाट टाढा रहनुपरेको अवस्थाले विशेष शिक्षाको आवश्यकता महसुस गरायो । त्यसको परिणामस्वरुप हेटौंडामा पहिलो आशा स्कुल स्थापना भयो ।

एउटा विद्यालयबाट सुरु भएको प्रयासले बिस्तारै व्यापक स्वरुप लि“दै गयो । बालबालिकालाई शिक्षा दिएरमात्र पुग्दैन, उनीहरुको शारीरिक, मानसिक, सामाजिक र व्यवहारिक विकासका लागि निरन्तर सहयोग आवश्यक हुन्छ भन्ने मान्यतासाथ संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार ग¥यो । हाल आशा स्कुल तथा पुनस्र्थापना केन्द्रहरु सी आशा फाउन्डेसनको व्यवस्थापन र समन्वयमा सञ्चालन भइरहेका छन् । संस्थाको नेतृत्व, व्यवस्थापन र सेवाप्रवाहमा नेपाली जनशक्तिको सहभागिता छ भने स्थानीय आवश्यकता र परिवारको अनुभवलाई कार्यक्रम निर्माणको आधार बनाइएको छ ।

हाल फाउन्डेसनले हेटौंडा, ललितपुर र बर्दिबासमा गरी तीन वटा आशा स्कुल तथा पुनस्र्थापना केन्द्र सञ्चालन गरिरहेको छ । हेटौंडामा ९० भन्दा बढी, ललितपुरमा ४० भन्दा बढी र बर्दिबासमा २५ भन्दा बढी बालबालिका तथा युवाले सेवा प्राप्त गरिरहेका छन् । समग्रमा १ सय ५० भन्दा बढी बालबालिकाले दैनिक शिक्षा तथा थेरापी सेवा पाइरहेका छन् भने ७ सय बढी परिवारलाई विभिन्न कार्यक्रम र परामर्शमार्फत् सहयोग पु¥याइएको छ । सेवा विस्तारस“गै संस्थाले विशेष शिक्षालाई राजधानी र ठुला सहरमा मात्र सीमित नराखी अन्य क्षेत्रमा पनि पु¥याउने लक्ष्य लिएको छ ।

सी आशा फाउन्डेसनको कार्यशैलीको महत्वपूर्ण विशेषता प्रत्येक बालबालिकाको व्यक्तिगत् आवश्यकता र क्षमतालाई केन्द्रमा राखेर शिक्षा प्रदान गर्नु हो । अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सीलगायत बौद्धिक तथा विकासात्मक अपांगता भएका बालबालिकाको सिक्ने गति र क्षमता फरक हुनसक्छ । त्यसैले सबैलाई एउटै विधिबाट पढाउनु प्रभावकारी हु“दैन । संस्थाले प्रशिक्षित जनशक्ति, अनुकूलित शिक्षण विधि र व्यक्तिगत् सिकाइ योजनामार्फत् बालबालिकालाई उनीहरुको क्षमताअनुसार सिक्ने वातावरण उपलब्ध गराउ“दै आएको छ ।

त्यहा“को शिक्षा किताबी ज्ञानमा मात्र सीमित छैन । संगीत, कला र सिर्जनात्मक गतिविधिलाई पनि सिकाइ प्रक्रियामा समावेश गरिएको छ । यस्ता गतिविधिले बालबालिकाको सञ्चार क्षमता, आत्मविश्वास र भावनात्मक अभिव्यक्तिमा सहयोग पु¥याउने संस्थाको विश्वास छ । बालबालिकाले आफ्नो आवश्यकता व्यक्त गर्न सक्नु, साथीहरुस“ग घुलमिल हुन सक्नु, दैनिक काम आफैं गर्न सक्नु वा नया“ सिप सिक्नु उनीहरुको विकासका महत्वपूर्ण उपलब्धि हुन् । त्यसैले त्यहा“को सिकाइ प्रक्रियामा हरेक बालबालिकाको व्यक्तिगत् प्रगतिलाई महत्व दिइन्छ ।

शिक्षास“गै थेरापी र पुनस्र्थापनालाई पनि संस्थाले अभिन्न अंगका रुपमा अघि बढाएको छ । बालबालिकाको शारीरिक गतिविधि, सञ्चार क्षमता र दैनिक जीवनका सिपविकासका लागि फिजियोथेरापी, अकुपेसनल थेरापी, स्पिच थेरापी तथा हाइड्रोथेरापी सेवा उपलब्ध गराइन्छ । नियमित थेरापीलाई बालबालिकाको दैनिक जीवनस“ग जोडेर उनीहरुलाई सम्भव भएसम्म आत्मनिर्भर बनाउने प्रयास गरिन्छ । यसले उनीहरुको शारीरिक क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक तथा शैक्षिक गतिविधिमा सहभागिता बढाउन सहयोग पु¥याउ“छ ।

संस्थाको अर्को महत्वपूर्ण पक्ष आवासीय हेरचाह हो । विद्यालयबाट टाढा बस्ने, पारिवारिक संरक्षण कमजो