काठमाडौं/सशस्त्र प्रहरी बल नेपालले बिलबिजकबिना बाराबाट काठमाडौं ल्याउ“दै गरेको ११ लाख ५९ हजार २ सय रुपिया“ बराबरको काजु बरामद गरेको छ । बिहीबार काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारस्थित सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वार अगाडिबाट उक्त काजु बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाडौं आउ“दै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बर विद्युतीय गाडी (ईभी) चेक गर्दा बिलबिजक नभएको काजु फेला पारेको हो । काजुसहित महानगरपालिका–२५ बस्ने रोशनकुमार साहलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।