मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिना रहेकी छन्।
दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आफन्त आएपछि मात्रै उनीहरूको पहिचान खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान भीमफेदी–१ भैंसेस्थित घुम्तीबाट करिब १० मिटर तल भैंसे खोलामा खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

















