हेटौंडा/मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे र वडा–५ को ज्यामिरे जोड्ने चौराखोलामा पक्की पुल निर्माणको तयारी भइरहेको छ । जनमुक्ति मार्गअन्तर्गत् निर्माण हुन लागेको उक्त पुलको ठेक्का सम्झौता स्वीकृत भएस“गै निर्माण प्रक्रिया अघि बढाइएको हो ।

भैरव कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माणको ठेक्का पाएको उक्त पुलको लम्बाइ २ सय १९ मिटर र चौंडाई ८.४ मिटर रहनेछ । पुल निर्माणका लागि कुल २९ करोड ३५ लाख २५ हजार ८ सय लागत स्वीकृत भएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि हिमाल ढकालका अनुसार मंसिर महिनाभित्र माटो परीक्षणलगायत प्रारम्भिक काम सम्पन्न गरी निर्माणका बा“की प्रक्रिया अगाडि बढाइनेछ । बागमती गाउ“पालिकाको कार्यालयमा पालिका अध्यक्ष सर्केश घलानस“गको भेटका क्रममा ढकालले पुल निर्माणको तयारी तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका छन् । भेटघाटमा पालिका अध्यक्ष घलान, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ पोखरेल, वडा–४ का अध्यक्ष एवम् पालिकाका भौतिक पूर्वाधार विकास संयोजक दन्तलाल माझी, वडा–५ का अध्यक्ष विजयकुमार भोलन, बागमती प्रदेश पूर्वाधार विकास निर्देशनालयका कर्मचारीलगायत निर्माण कम्पनीका प्रतिनिधिको उपस्थिति थियो ।

भेटका क्रममा पालिका अध्यक्ष घलानले पुल निर्माणको काममा ढिलासुस्ती नगरी जतिसक्दो छिटो अगाडि बढाउन सम्बन्धित कार्यालय पूर्वाधार विकास निर्देशनालय र निर्माण कम्पनीलाई आग्रह गर्दै पुल निर्माणलाई प्राथमिकतासाथ अघि बढाउन तथा निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

वडा–४ का अध्यक्ष माझीले पुल निर्माणका क्रममा जनप्रतिनिधि तथा स्थानीयका तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग र सहजीकरणका लागि आफूहरु तयार रहेको बताए । वडा–५ का अध्यक्ष विजयकुमार भोलनले चौराखोलामा पक्की पुल नहु“दा वर्षौंदेखि बागमती गाउ“पालिकासहित काभ्रेपलाञ्चोक जिल्लाका खानीखोला र महाभारत गाउ“पालिकाका बासिन्दाले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएको भन्दै स्थानीयको लामो समयदेखिको समस्यालाई मध्यनजर गर्दै पुल निर्माणको काम जतिसक्दो छिटो अघि बढाउन आग्रह गरे । पुल निर्माण सम्पन्न भएपछि बागमती गाउ“पालिकाका विभिन्न बस्तीका साथै काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउ“पालिकाका स्थानीयलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ । यसले जनमुक्ति मार्गको यातायात पहु“च विस्तार, स्थानीय उत्पादनको बजारीकरण तथा क्षेत्रीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ । पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।