हेटौंडा/सामाजिक उत्तरदायित्ववहन गर्दै जेसीआई हेटौंडाले मामाघर नेपाललाई आवश्यक फर्निचर, खाद्यान्न तथा सरसफाइका सामग्रीहरु हस्तान्तरण गरेको छ । आश्रित बालबालिकाको दैनिक जीवनयापन र व्यवस्थापनमा सहजता पु¥याउने उद्धेश्यले जेसीज सप्ताह २०२६ अन्तर्गत् बिहीबार हेटौंडा–११, डाङडुंगेस्थित मामाघरलाई एक थान स्टिल दराज, एक थान स्टिल ¥याकसहित खाद्यान्न र सरसफाइ सामग्री प्रदान गरिएको हो ।

जेसीआई हेटौंडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा जेसीआई हेटौंडा वर्ष २००४ का शाखा अध्यक्ष एवम् जेसीआई नेपाल वर्ष २००५ का राष्ट्रिय उपाध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संयोजक अशु बानिया“को संयोजनमा भएको हस्तान्तरण कार्यक्रममा मामाघर नेपाल संरक्षक अर्पण पराजुली, रेडियो थाहा सञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीको र जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष पंकजदास बानिया“को आतिथ्यता थियो । सप्ताहव्यापी कार्यक्रम मूल संयोजक सञ्जयकुमार न्यौपाने र सहमूल संयोजक बिनोद वाग्ले छन् । सडक तथा जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकालाई संरक्षण दि“दै आएको मामाघर नेपालमा हाल २४ जना बालक आश्रित छन् ।