हेटौंडा÷मकवानपुरको भीमफेद गाउँपालिका–२, भैंसेस्थित प्रहरी चेकपोष्टबाट १ सय १७ किलो ९ सय १० ग्राम गा“जासहित एउटा कार बरामद भएको छ । कारचालक भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजेर ४० मिनेटमा पालुङबाट भैंसेतर्फ आउदै गरेको बा.प्र.०१–०४३१ नम्बरको कारलाई भैंसे चेकपोष्टमा नियमित जा“चका क्रममा प्रहरीले रोकेको थियो । कारचालकले गाडीमा केही नभएको भन्दै प्रहरीलाई जवाफ दिएपछि अचानक फरार भएका थिए । त्यसपछि प्रहरीले कारको पछाडिको डिकी खोलेर जाँच गर्दा सानाठूला गरी नौं वटा पोकामा राखिएको गा“जा फेला पारेको हो । प्रहरीले कार र बरामद गा“जा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको छ । फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




















