हेटौंडा/मकवानपुरको बकैया गाउ“पालिका वडा–८ र ९ को सीमावर्ती क्षेत्रमा पर्ने कालीबन सामुदायिक बन तथा देउताखोला सामुदायिक बनको जंगलमा डमरुसहित दुर्लभ पाटेबाघ देखापरेको छ । स्थानीय गोठालाहरुका अनुसार डमरुसहित देखिएको पाटेबाघले हालसम्म आधा दर्जनभन्दा बढी बाख्रा मारेको छ । बाघको गतिविधि बढेस“गै आसपासका स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

जंगल क्षेत्रमा बाघ र डमरु देखिनुका साथै घरपालुवा पशुचौपायामाथि आक्रमण भएको खबरले स्थानीयमा चिन्ता बढाएको छ । विशेषगरि गोठालाहरु, किसान तथा बनक्षेत्रमा घा“सदाउरा गर्न जाने स्थानीय जोखिममा पर्नसक्ने आशंका गरिएको छ । सामुदायिक बन महासंघ बकैया अध्यक्ष सूर्यकला तिमिल्सिनाले स्थानीयलाई सजग र सतर्क रहन आग्रह गरेकी छन् । उनले घा“सदाउरा गर्न जंगल जा“दा विशेष सावधानी अपनाउन, एक्लै नजान तथा समूहमा रहेर बनक्षेत्र अनुगमन गर्न अनुरोध गरेकी छन् । बाघको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित बन कार्यालय, डिभिजन बन कार्यालय तथा स्थानीय सरकारले तत्काल आवश्यक निगरानी र सुरक्षा व्यवस्था मिलाउनुपर्ने स्थानीयको माग गरेका छन् ।