हेटाैँडा/हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगर नजिक डेरा गरी बस्दै आउनुभएका ३१ वर्षीय प्रियम यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक प्रहरी अधिकारीका अनुसार १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा यादवलाई गत मंसिर ६ गते राति पक्राउ गरिएको हो।

किशोरीले सोही दिन साँझ ७ः५५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा घटनाबारे जानकारी गराउनुभएको थियो। त्यसलगत्तै प्रहरीले यादवलाई हेटौँडा अस्पतालबाटै नियन्त्रणमा लिएको हो।

यादवलाई प्रहरी नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।