हेटौंडा/सर्लाहीको सुन्दरपुर गाउ“का अवधेश यादबले मकवानपुरको चिसापानीगढीमा गत बिहीबार विहान भएको सवारी दुर्घटनामा पत्नी पुनम, तीन छोरी र दुई भाइ गरी परिवारका ६ सदस्य गुमाए । छठ पर्व मनाउन घर फर्कंदै गरेका उनीहरु दुर्घटनामा परेपछि यादबले एकैपटक परिवारका ६ जनालाई दागबत्ती दिनुप¥यो ।
आफन्त गुमाउनुको असह्य पीडामाथि उनलाई अर्को चिन्ताले पनि पिरोलिरहेको छ । दुर्घटनालगत्तै पत्नीको हातेब्यागमा रहेको नगद र सुनका गरगहना हराएका छन् । दुर्घटनाको कोलाहल र घाइतेको उपचारको हतारोमा परिवारले तत्काल सामान खोज्न नसक्ने परिस्थितिको फाइदा उठाउ“दै हुने यस्ता घटनाले मानवीय संवेदनामाथि नै प्रश्न उठाएको छ । दुर्घटनापछि अवधेशको प्रश्न छ–पत्नीको पर्समा रहेको पैसा र गहना खै ?
सोमबार सभामुख डोलप्रसाद अर्याल पीडित परिवारलाई भेट्न सुन्दर गाउ“ पुगेका बेला यादबले पत्नीको हातेब्याग देखाउ“दै त्यसमा रहेको एक लाख र केही सुनका गरगहना हराएको गुनासो गरे । उनले ब्यागको चेन खोलेर भित्री भागमा नोट राख्ने स्थान देखाउ“दै दुर्घटनाअघि त्यहा“ एक लाख र सुन रहेको बताए । ‘मेरो एक लाख र केही गहना हरायो । खोजीदिनुस् न,’ उनले सभामुख अर्यालस“ग आग्रह गरे ।
यादबको गुनासो सुनेपछि सभामुख अर्यालले सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलस“ग जानकारी मागे । एसपी पौडेलले मकवानपुरका एसपी श्यामबहादुर खत्रीस“ग सम्पर्क गरेको बताए । प्रहरीले घटनास्थलमा पुगेपछि सामान सुरक्षित राख्ने र कुनै पनि सामान हिनामिना हुन नदिने भन्दै पीडितलाई आश्वस्त पार्ने प्रयास ग¥यो । एसपी पौडेलले अनुसन्धानका क्रममा हराएको भनिएका सामानबारे वास्तविकता खुल्दै जाने बताए । तर, दुर्घटनास्थलबाट सामान भेटिएको खबर आफूले सुने पनि त्यसको यकिन विवरण नपाएको उनको गुनासो छ । ‘मेरो अमूल्य सम्पत्ति सबै गुमिसक्यो । अब बा“की नै के रह्यो र । पैसा भेटिएको भनेर नसुनाइदिएको भए पनि हुन्थ्यो,’ उनले भने ।
आफू दुर्घटनास्थल पुग्दा माथिबाट मधेशी समुदायका एक प्रहरीले तल गाडी खसेर पुगेको स्थानमा फोन गरेर एक लाख खसेको भनेर सोधेको र उताबाट ६० हजार फेला परेको जवाफ आएको आफूले सुनेको यादब बताउ“छन् । ‘सुरुमा रकम भेटिएको भनिए पनि पछि त्यो रकम कहा“ गयो । हराउने सबै हराए । तर, भेटिएको सामान पनि गायब हुनु राम्रो होइन । कृपया निष्पक्षरुपमा खोजी गरिदिनुस्,’ उनले आग्रह गरे ।
यादबले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र पूर्वपत्रकार ऋषि धमलास“ग पनि पैसा र गरगहना हराएको भन्दै खोजी गरिदिन आग्रह गरेका थिए । परिवारका सदस्य गुमाएको पीडामा रहेका यादबका लागि हराएको रकम र गरगहनाको विषय आर्थिक क्षतिभन्दा पनि घटनाको पारदर्शितास“ग जोडिएको छ । उनको यही गुनासो हाल सामाजिकसञ्जालमा भाइरल भएको छ । आफूले दुःखले कमाएको ५० हजार र साहुस“ग ऋण लिएको ५० हजार रुपिया“ छठ पर्वका लागि पत्नीलाई दिएर पठाएको उनले सुनाए । दुर्घटनास्थलमा उनका भाइ र पत्नीको रित्तो पर्स भेटिएको थियो ।
चिसापानीगढी दुर्घटनामा उद्धारका लागि सबभन्दा पहिले भीमफेदी इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली पुगेको थियो । उक्त टोलीको नेतृत्व गरेका इलाका प्रहरी कार्यालयका सई दीपेन्द्र ढकालले घटनास्थलमा सामान छरपष्ट रहेको स्वीकार गरे पनि रकमबारे आफूलाई जानकारी नभएको बताए । ‘ब्याग, छरिएको रकमलगायत अन्य सामान हामीले केही छोएनौं । जिल्लाबाट आएको टोलीले सबै संकलन गरेको हो,’ उनले भने–कसैले रकम लुकाएको भन्ने हामीलाई लाग्दैन । त्यस्तो हुनु नपर्ने हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधब काफ्लेले दुर्घटनापछि मृतकको शव खोज्न र बाहिर ल्याउन निकै कठिन भएको अवस्थामा घटनास्थलमा नगद केही फेला नपरेको बताए । ‘त्यहा“ जेजे समान फेला परेको थियो, हामीले चिन्न सक्ने जति बुझाएका हौं,’ उनले भने–नगद र गरगहनाका कुराहरु छानबिन समितिसमक्ष कुरा राख्छौं ।
सवारी दुर्घटनापछि घाइते तथा मृतकका नगद, मोबाइल, गरगहना र व्यक्तिगत् कागजात हराएको गुनासो नया“ होइन । उद्धारका बेला घाइतेको ज्यान जोगाउनु प्राथमिकता हुने भएकाले उनीहरुस“ग रहेका सामानको खोजी र अभिलेखीकरण ओझेलमा पर्ने गरेको छ । तर, पछि सामान फिर्ता नपाउ“दा पीडित परिवारले चोरी भएको आशंका गर्ने गरेका छन् ।
चिसापानीगढी दुर्घटनाले पनि उद्धारपछि सामान संकलन र हस्तान्तरणको प्रक्रियामाथि प्रश्न उठाएको छ । यही प्रश्नको उत्तर खोज्न नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेस“ग सम्पर्क गरियो । ठूला दुर्घटनापछि घाइते र मृतकका सामान कहा“ हराउ“छन्, नगद र गरगहना कसले लैजान्छ भन्ने प्रश्नमा उनले देशभरका अधिकांश दुर्घटनामा यस्तो समस्या नआउने तर कतिपय ठूला दुर्घटनामा प्रहरी पुग्नुअघि नै स्थानीय घटनास्थलमा पुग्ने गरेकाले समस्या आउने गरेको दाबी गरे ।
‘भोटेकोशी बाढी जस्तो दर्दनाक पीडाको बेलामा पनि बगाएर ल्याएका सुन र समानहरु लगे, यस्ता प्रवृतिका मानिस पनि छन् । त्यस्ता प्रवृतिका मानिसले घटनास्थल पुगेर उद्धारको मानवीय सहायतको नाममा गलत सोच राखेर काम गरेको हुनसक्छ,’ उनले भने–दुर्घटनापछि यात्रुको समान हराएको घटनामा सम्बन्धित जिल्ला प्रहरीले अनुसन्धान गर्ने र यथार्थ पत्ता लगाइ कारबाही गर्ने काम गरिरहेको छ । प्रहरी महानिरीक्षकज्युले पनि राजमार्गमा हुने दुर्घटना र त्यसपछि आउने समस्याबारे गम्भीर भइलाग्न निर्देशन दिनुभएको छ ।
प्रवक्ता काफ्लेले सवारी दुर्घटनास्थलमा जिम्मेवार प्रहरी अधिकृतहरु खटिने भएकाले उनीहरुले घाइतेलाई अस्पताल पु¥याउनेदेखि शव व्यवस्थापनसम्म कुनै कसर बा“की नराख्ने बताए । राजमार्गमा धेरै दुर्घटना हुने भए पनि सबैमा सामान हराउने समस्या नआउने हु“दा प्रहरीले संवेदनशील भइ काम गर्ने उनको दाबी छ । ‘इमान्दारिता, व्यावसायिकता र मानवजीवनको सुरक्षा तथा धनमाल सुरक्षाको जिम्मेवारी प्रहरीको हुन्छ,’ उनले भने–गलत प्रवृतिका मानिसले कहिलेकाहीं यस्ता घटना गराइरहेका हुन्छन् । दुर्घटनालगत्तै प्रहरी पुगेको




















