हेटौंडा/हवाईजहाज उडाउनुअघि इञ्जिनको अवस्था, प्राविधिक त्रुटि र चालकको दक्षतासम्म सूक्ष्म परीक्षण गरिन्छ । किनकि, त्यहा“ एउटा सानो लापरबाहीले पनि जीवन लिनसक्छ । तर, सडकमा सयौं यात्रुको ज्यान बोकेर गुड्ने सवारीसाधन र त्यसका चालकलाई भने सामान्य परीक्षणसमेत नगरी मृत्युस“गको यात्रामा पठाइन्छ ।

हो, फेरि त्यस्तै भएको छ मकवानपुरमा । १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको स्मरण ताजा रहेकै बेला मकवानपुरको भीमफेदीमा बिहीबार विहान भएको यात्रुबाहक सुमो दुर्घटनाका ३ जनाको ज्यान गएको छ भने चालकसहित ७ जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउ“पालिका–१, भैंसेमा दुर्घटना भएको हो ।

रौतहटको चन्द्रपुरबाट काठमाडौं जा“दै गरेको ना. १ ज २१४३ नम्बर सुमो विहान करिब साढे ८ बजे त्रिभुवन राजपथअन्तर्गत् हेटौंडा–भैंसे सडकखण्डमा सडकबाट करिब १० मिटर तल भैंसेखोलामा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–४ बस्ने करिब २५ वर्षीया अनुषा लामा, सोही स्थानकी करिब २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र चन्द्रपुर–३ बस्ने करिब ५० वर्षीय बमबहादुर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा सुमोचालक रौतहट चन्द्रपुर–४ का करिब ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ बस्ने करिब १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छाध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान रानामगर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो । सुमोचालकसहित गाडीमा सवार १० जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले ३ जनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते १५ वर्षीया थिङले दुर्घटनाको क्षण सम्झ“दै गाडी सडकछेऊमा ठोक्किएपछि खोलामा खसेको बताएकी छन् । आफन्तको निधन भएपछि बुबासहित नुवाकोट जा“दै गरेकी सुमिना सुमोको झ्यालछेऊमा बसेकी थिइन् । दुर्घटनालगत्तै झ्यालबाट बाहिर निस्केर खोला किनारमा बसेको उनले बताइन् । ‘ठोक्किएको मात्र थाहा छ, अरु त थाहै छैन । सडकको साइडपट्टि ठोक्किएको हो, त्यसपछि खोलामा खस्यो,’ उनले भनिन् । दुर्घटनामा सुमिनाका बुबा कान्छाध्वज थिङ पनि घाइते भएका छन् ।

आफन्तको दुःखमा साथ दिन घरबाट निस्किएका रौतहटको चन्द्रपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुरको यात्रा कहिल्यै नफर्किने गरी टुंगिएको छ । अरुको किरियामा सहभागी हुन परिवारका सदस्यस“गै सुमो चढेर सिन्धुपाल्चोकतर्फ लागेका बमबहादुर आफैं मृत्युको बिकार बनेपछि उनको परिवार शोकमा डुबेको छ । बमबहादुरकी सालीका छोराको निधन भएपछि किरियामा सहभागी हुन सिन्धुपाल्चोक जान लागेका थिए । खेतीकिसानी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका बमबहादुर पनि आफन्तको दुःखमा साथ दिन परिवारका सदस्यस“गै निस्किएका थिए ।

तर, गन्तव्यमा पुग्न नपाउ“दै उनीहरुको यात्रा विपत्तिमा बदलियो । गम्भीर घाइते बमबहादुरलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइयो । तर, चिकित्सकले उपचारका क्रममा उनलाई मृतघोषणा गरे । आफन्तको किरियामा सहभागी हुन हि“डेका बमबहादुर आफैं परिवारका लागि कहिल्यै नसकिने शोकको कारण बने । बमबहादुरकी बुहारी सानीमाया वाइबाका अनुसार परिवारका सदस्यहरु एउटै सुमोमा सवार थिए । उनीहरुस“गै बमबहादुरकी सासु हरिमाया थिङ, ससुरा कान्छाध्वज थिङ, भाञ्जीहरु शिखा थिङ र निमा थिङ तथा साली सुमिना थिङ पनि यात्रामा थिए । आफन्तको दुःखमा सहभागी हुन निस्किएको परिवारले बाटोमै आफ्नै सदस्य गुमाउनुप¥यो भने परिवारका अन्य सदस्यसमेत दुर्घटनामा घाइते भए ।

मकवानपुरको भीमफेदी गाउ“पालिका–६, चिसापानीगढीमा गत बिहीबार भएको यात्रुबाहक सवारी (ईभी) दुर्घटनामा ५ महिला तथा बालबालिका र ९ जना पुरुषको ज्यान गएको थियो । बिहीबार विहान करिब पौने ६ बजे दुर्घटना भएको थियो ।