हेटौंडा/दुग्ध उत्पादक किसानलाई राहत दिने उद्धेश्यसहित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले दूधको खरिद मूल्यमा प्रतिलिटर ४ रुपिया“ ६८ पैसा वृद्धि गरेको छ । सहकारीले बढाइएको मूल्य मंसिर १ गतेदेखि लागु भएको छ ।
किसानले दूध उत्पादन गर्दा बेहोर्नुपरेको लागत, पशु आहारको महंगो मूल्य, पशु स्वास्थ्य तथा दुग्ध बजारीकरणमा देखिएका समस्या सम्बोधन गर्ने उद्धेश्यले सहकारीले सोमबार आफ्नै सभाहल इटहरी–१, आ“पगाछीमा किसानको दूध उत्पादन लागतका सन्दर्भमा छलफल तथा अन्तत्र्रिmया गरेको हो । कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलामलगायत विभिन्न जिल्लाबाट गएका दुग्ध उत्पादक किसान, सहकारीका व्यवस्थापक, कर्मचारी तथा सञ्चालक समिति प्रतिनिधिको सहभागिता थियो । सहभागीहरुले दूध उत्पादनमा बढ्दो लागत, उचित मूल्य, नियमित भुक्तानी, पशु आहार, बीमा तथा बजार व्यवस्थापनका विषयमा आफ्ना गुनासा र सुझाव राखेका थिए । प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।
सहकारी कार्यालय प्रमुख नवराज नेपालका अनुसार किसानको उत्पादन लागतलाई ध्यानमा राख्दै दूधको खरिद मूल्यमा वृद्धि गरिएको हो । किसानलाई दुग्ध व्यवसायमा टिकाइराख्न उत्पादन लागत घटाउने, नियमित भुक्तानी सुनिश्चित गर्ने र बजार व्यवस्थापन प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको उनले बताए । सहकारीले हाल दैनिक करिब २५ हजार लिटर दूध संकलन तथा खपत गर्दै आएको छ । चालु आर्थिक वर्षभित्र थप १५ हजार लिटर दूध संकलन तथा खपत गरी दैनिक ४० हजार लिटर पु¥याउने लक्ष्य राखिएको नेपालले जानकारी दिए ।
कामधेनु सहकारीले आगामी नीति तथा कार्यक्रममा किसानको उत्पादन लागत घटाउने र दुग्ध उत्पादनलाई दीगो बनाउने उद्धेश्यले विभिन्न कार्यक्रम अघि सारेको छ । यसअन्तर्गत् ३ सय ५० किसानलाई ६ प्रतिशत् ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउने योजना छ । किसानको पशु उपचार, बीमा तथा आहार व्यवस्थापनलाई सहज बनाउन सहकारीले हाल कारोबार गरिरहेका १९ वटा पालिकामा कम्तिमा एक–एक जना पशु प्राविधिक नियुक्त गरिसकेको छ । यसका लागि सहकारीले भेटेरिनरी विभागसमेत सञ्चालनमा ल्याएको छ । उक्त विभागमार्फत् दूधको गुणस्तर सुधार, उत्पादन लागत न्यूनीकरण, गोठ व्यवस्थापन तथा पशु आहारसम्बन्धि तालिम र अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गरिनेछ । सुनसरी, मोरङ, झापा, तेह्रथुम, इलाम र धनकुटामा पशुसम्बन्धि तालिम तथा अन्तत्र्रिmया गर्ने नीति पनि सहकारीले अघि सारेको छ ।
किसानले खरिद गरेका पशुको बीमा गर्दा प्रतिलिटर १० लिटर दूध उत्पादन बराबर एउटा पशुलाई आधार मानी बीमा प्रिमियमको ७५ प्रतिशत् रकम सहकारीले भुक्तानी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । प्रारम्भिक सहकारीको सिफारिसमा गाई तथा भैंसी मरे बीमा पोलिसीका आधारमा किसानलाई ४५ दिनसम्म सापटी रकम उपलब्ध गराउने योजना पनि समेटिएको छ । किसानलाई वर्षमा चार पटक शेयर रकम तथा दूध उत्पादनका आधारमा नाम्ले रोगविरुद्ध औषधि उपलब्ध गराउने कार्यक्रमसमेत अघि सारिएको छ ।
सहकारीले हालको दैनिक २५ हजार लिटर दूध संकलन तथा खपतलाई बढाएर ४० हजार लिटर पु¥याउने लक्ष्य राखेको छ । यसका लागि दुग्ध उत्पादन क्षेत्रको अध्ययन गरी कम्तिमा पा“च वटा नया“ दूध संकलन केन्द्र स्थापना गर्ने योजना छ । दूध उत्पादन गर्ने किसान, सहकारी संस्था तथा व्यावसायिक कृषकस“गको सम्बन्ध थप मजबुत बनाउन २ सय ५५ नया“ किसानलाई शेयर सदस्य बनाउने र सदस्यले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाइएको सहकारीको नीति तथा कार्यक्रममा उल्लेख छ । चालु आर्थिक वर्षभित्र जग्गा प्राप्त गरी आफ्नै दाना उद्योग स्थापना गर्ने तथा पशु आहारका रुपमा प्रयोग हुने साइलेज खेती विस्तार गर्ने विषयमा पनि छलफल भएको छ । साइलेज खेती विस्तार तथा व्यवस्थापन गर्ने विषयले समेत कार्यक्रममा प्राथमिकता पाएको थियो ।
सहकारीले दूध उत्पादन तथा बिक्री गर्ने व्यावसायिक किसानलाई उत्पादनको परिमाणका आधारमा थप प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ । प्रस्तावित व्यवस्थाअनुसार दैनिक ५० देखि १ सय लिटरसम्म दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर २ रुपिया“, १ सयदेखि १ सय ५० लिटरसम्म बिक्री गर्नेलाई प्रतिलिटर २ रुपिया“ ५० पैसा र १ सय ५० लिटरभन्दा बढी बिक्री गर्नेलाई प्रतिलिटर ३ रुपिया“ प्रोत्साहन रकम उपलब्ध गराइनेछ ।