हेटौंडा/बागमती प्रदेशमा आँखा  स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समुदायस्तरमा आधारभुत आँखा स्वास्थ्य सेवा सुदृढ गर्ने उद्धेश्यले बागमती प्रदेश र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा  प्रतिष्ठानबीच सहकार्यको सम्झौता भएको छ ।

स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङको उपस्थितिमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपक तिवारी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बागमती प्रदेशका विद्यालय नर्स तथा ९९ स्थानीय तहका ३ सय ४८ स्वास्थ्यकर्मीलाई आखा स्वास्थ्यसम्बन्धि आधारभुत तालिम प्रदान गरिनेछ । तालिममार्फत् सहभागी स्वास्थ्यकर्मीहरुको आ“खा स्वास्थ्यसम्बन्धि ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गरी समुदायस्तरमा आधारभुत आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पु¥याउने लक्ष्य राखिएको छ । कार्यक्रमले स्थानीयस्तरमा आ“खासम्बन्धि समस्या पहिचान, प्रारम्भिक जाँच, आवश्यक परामर्श तथा उपचारका लागि समयमै रिफरल गर्ने प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।