हेटौंडा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको जिल्ला उपसभापतिबाट हटाइएपछि टाकाराज थापा (सुरेश) ले आफूमाथि राजनीतिक षडयन्त्र भएको दाबी गरेका छन् । कारबाहीपछि सामाजिकसञ्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै उनले केही स्वार्थ बोकेका व्यक्तिहरुले आफ्नो इमान्दारिता गिराउने, नैतिकता हत्या गर्ने र चरित्रमा दाग लगाउने प्रयास गरेको आरोप लगाए ।

 आफूमाथि भएको कारबाहीलाई जबर्जस्ती विष पिलाइएको अवस्थास“ग तुलना गर्दै उनले आफू महादेवको भक्त भएको र जबर्जस्ती पिलाइएको विष कण्ठमा राख्ने क्षमता आफूस“ग रहेको उल्लेख गरेका छन् । ‘मैले विष खाएको छैन,’ उनले लेखेका छन्–यो त मेरो इमान्दारिता गिराउने, नैतिकता हत्या गर्ने र मेरो चरित्रमा दाग लगाउने केही फटाहाहरुको राजनीतिक ठूलो षडयन्त्रमात्र हो । मकवानपुर जिल्ला समितिले कारबाहीको सिफारिस गरेपछि रास्वपा बागमती प्रदेश समितिले उनलाई जिल्ला उपसभापतिको जिम्मेवारीबाट हटाएको हो । जेठमा हेटौंडामा सम्पन्न रास्वपा मकवानपुरको पहिलो जिल्ला अधिवेशनबाट उपसभापति चुनिएका थापा छ महिना नपुग्दै पदमुक्त भएका हुन् ।