हेटौंडा/स्वरसम्राट नारायण गोपालको ३६ औं पुण्यतिथिमा हेटौंडामा बाल कलाकारदेखि स्थापित गायकसम्म एउटै मञ्चमा उभिने भएका छन् । मंसिर १९ गते शनिबार हुने नारायण गोपाल स्मृति संगीत समागम–२०८३ मा स्थानीय तथा आमन्त्रित गरी एक दर्जनभन्दा बढी कलाकारले उनका कालजयी गीत प्रस्तुत गर्नेछन् ।
हेटौंडा–२ स्थित पीएम सेन्टरको संगीत विभागले आयोजना गर्ने कार्यक्रम हेटौंडा–४ को पशुपति भुवनेश्वर मन्दिरको सभाहलमा विहान ११ बजे सुरु हुनेछ । कार्यक्रम संयोजक गहन खतिवडाका अनुसार प्रवेश निःशुल्क छ । सभाहलमा सिट सीमित भएकाले कार्यक्रममा सहभागी हुन प्रवेश पास लिनुपर्ने उनले बताए । कार्यक्रममा नारायण गोपालको तस्बिरमा माल्यार्पण गरिनेछ । उनको जीवन, व्यक्तित्व र नेपाली संगीतमा पु¥याएको योगदानबारे पनि चर्चा हुनेछ । बालकलाकारलाई स्थापित कलाकारस“गै मञ्च दिने कार्यक्रमको उद्धेश्य नया“पुस्तालाई नेपाली सुगम संगीतस“ग जोड्नु रहेको आयोजकले जनाएको छ । पीएम सेन्टरले आठ महिनादेखि सोही मन्दिरपरिसरमा साप्ताहिक भक्तिसंगीत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।














