हेटौंडा/पाँच बिघा जग्गामा लगाइएको गाँजा मकवानपुरमा प्रहरीले मंसिर १ देखि ८ गतेसम्म फँडानी गरेको छ । बागमती प्रदेशका तीन जिल्लामा चलेको अभियानमा सबभन्दा धेरै गाँजाखेती मकवानपुरमा नष्ट गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार मकवानपुरमा गा“जा फ“डानीका लागि ५० जना प्रहरी खटिएका थिए । सोही अवधिमा धादिङमा दुई बिघा १२ कठ्ठा र सिन्धुलीमा १३ कठ्ठामा लगाइएको गा“जा पनि नष्ट गरिएको उनले जानकारी दिए । तीन जिल्लामा गरी आठ बिघा पा“च कठ्ठामा लगाइएको गाँजा फँडानी गरिएको छ । अभियानमा धादिङका २० र सिन्धुलीका २५ सहित ९५ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रवक्ता धमलाका अनुसार लागुऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अन्तर्गत् चाडपर्वपछि अभियानलाई तीव्रता दिइएको हो । गाजाखेती हुने जोखिमयुक्त क्षेत्र पहिचान गरी ती ठाउ“मा निगरानी र फँडानीलाई निरन्तरता दिइएको उनले बताए ।














