हेटौंडा/नेकपा (एमाले) मकवानपुरले जिल्ला कमिटीलाई पुनर्गठन गर्दै १ सय ७७ सदस्यीय जिल्ला संगठन कमिटी गठन गरेको छ । शुक्रबार हेटौंडामा सम्पन्न जिल्ला कमिटीको पूर्ण बैठकले सीता बिष्टलाई संगठन कमिटीको संयोजकको जिम्मेवारी सुम्पिएको हो । नवगठित संगठन कमिटी सहसंयोजकमा हिदम लामा, सचिवमा आरती पाठक र उपसचिवमा फुर्बा दोर्जेलामा चयन भएका छन् ।
बैठकले पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ र चलायमान बनाउने उद्धेश्यसहित आगामी पुस महिनाभित्र स्थानीय तह र वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ । निर्णयअनुसार जिल्लाका १० वटै स्थानीय तहमा पुस ४ गते अधिवेशन हुनेछ भने सबै वडामा पुस २६ गते एकसाथ अधिवेशन आयोजना गरिनेछ । कार्यवाहक अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि तथा पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज रामेश्वर रानाले संगठनलाई सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । पार्टीको नीति, विचार र भावी योजनालाई तल्लो तहका नागरिकसम्म प्रभावकारीरुपमा पु¥याउन पार्टीको सिंगोपंक्ति एकताबद्ध भएर लाग्नुपर्ने उनले जोड दिए ।
बैठकमा केन्द्रीय सदस्यद्वय महेश बर्तौला र एकालाल श्रेष्ठ, पूर्वकेन्द्रीय सदस्य केदार न्यौपाने, लेखा आयोग सदस्य नवीन सिग्देल तथा बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जेलामाको आतिथ्यता थियो । प्रदेश कमिटी सदस्यहरु रघुनाथ खुलाल, रामचन्द्र राई, बलराम बल, सुमित्रा काफ्ले, अर्जुन अर्याल, दिलबहादुर घिसिङ, कमल बिष्ट, गणेशकुमारी श्रेष्ठ र भगवती पुडासैनी, इन्द्रमान स्यांतानलगायत नेताको उपस्थिति थियो । जिल्ला संगठन कमिटी पुनर्गठनस“गै एमाले मकवानपुर तल्लो तहका अधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेको छ ।
















