हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको नगर क्षेत्रमा स्वच्छ, सुरक्षित र दीगो खानेपानी सेवा विस्तार तथा व्यवस्थापनका लागि ३८ करोड ९१ लाख २७ हजार बराबरको सहलगानी खानेपानी आयोजना कार्यान्वयन हुने भएको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुर, चितवनले बोलपत्र आह्वान गरेको छ ।
नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् खानेपानी तथा ढल व्यवस्थापन विभागमातहत कार्यालयले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिकास“गको सहकार्यमा आयोजना सञ्चालन गर्न लागेको हो । सिमलटार, हटिया र रातोमाटे सहलगानी खानेपानी तथा सरसफाइ आयोजना (स्किम–२) अन्तर्गत् हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा खानेपानीका स्रोत, प्रशोधन तथा भण्डारण संरचना निर्माण र वितरण प्रणाली विस्तार गरिनेछ ।
आयोजनाअन्तर्गत् हेटौंडा उपमहानगरपालिका–१ मा दुई वटा समवेल, प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) र ३ सय घनमिटर क्षमताको भूमिगत् पानी भण्डारण ट्यांकी निर्माण गरिनेछ । वडा–२ मा कार्यालय भवन निर्माण गर्ने योजना छ । वडा–३ मा समवेल र २ सय घनमिटर क्षमताको भूमिगत् पानीट्यांकी निर्माणस“गै १० किलोमिटर पाइपलाइन विस्तार गरिनेछ । वडा–६ मा डिप ट्युबवेल, ३ सय घनमिटर क्षमताको भूमिगत् पानीट्यांकी तथा चार किलोमिटर पाइपलाइन निर्माण हुनेछ ।
वडा–७ र १६ मा डिप ट्युबवेल तथा प्रतिवडा चार लाख ५० हजार लिटर क्षमताका ओभरहेड पानीट्यांकी निर्माण गरिनेछ । वडा–१४ मा ३६ किलोमिटर पाइपलाइन विस्तार गर्ने योजना छ । वडा–१८ को हर्नामाडीमा डिप ट्युबवेल र ४ सय घनमिटर क्षमताको भूमिगत् पानीट्यांकी निर्माण गरिनेछ । आरमपुर–भोर्ले क्षेत्रमा पनि डिप ट्युबवेल निर्माण तथा दुई किलोमिटर पाइपलाइन विस्तार गरिनेछ । यी संरचनाका अतिरिक्त आयोजनाअन्तर्गत् आवश्यक अन्य पूर्वाधार निर्माण तथा विद्युतीकरणका कामसमेत सञ्चालन गरिने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । आयोजना सम्पन्न भएपछि हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको स्रोत, भण्डारण क्षमता र वितरण प्रणालीमा सुधार आउने बोर्डको अपेक्षा छ ।
संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा १८ महिनादेखि २० करोड लागतमा खानेपानी पूर्वाधारका काम भइरहेका छन् । हेटौंडा उपमहानगरपालिका–९ स्थित बेतखोल्सीमा ६ लाख लिटर पानी भण्डारण गर्ने क्षमताको ओभरहेड ट्यांकीसहित दुई वटा डिप बोरिङ निर्माण गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१४ को उत्तरपानी र वडा–१५ मा ग्राउण्ड ट्यांकी निर्माण गरिएको छ । भीमफेदी गाउ“पालिका–१ को बुङ्दल मुहानलाई सुरक्षित र व्यवस्थित गर्ने काम गरिएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले बताए । १८ महिनाअघि निर्माण सुरु गरेको निर्माण कम्पनीले ८० प्रतिशत् काम सकिसकेको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक तीन करोड ७० लाख लिटर पानी उत्पादन गरेर ३० हजार १ सय २९ धारामार्फत् पानी वितरण गर्दै आएको छ । मासिक १० हजार लिटर पानीको ८५ रुपिया“ महसुल लि“दै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको पानी महसुल मुलुककै सबभन्दा सस्तो रहेको दाबी बोर्डले गर्दै आएको छ । बोर्डले अत्याधुनिक पानी परीक्षण प्रयोगशालासमेत स्थापना गरेको छ । बोर्डका सयभन्दा बढी कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराएको छ ।
संघीय सरकारले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई नमुना बोर्डका रुपमा दर्ज गर्दै मुलुकमा रहेका सबै खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आबद्ध गराउने नीति तथा नियम निर्माण गर्ने तयारीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका एक वरिष्ठ अधिकृतले बताए । उनले भने–हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मुलुककै नमुना बोर्ड हो ।
नेपाल सरकारले २०७० जेठ १० गते हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड स्थापना गरेको हो । उक्त समयमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा ८ हजार ५ सय ३७ मात्र धारा थिए । अधिकांश धारामा मंसिरदेखि जेठसम्म पानी आउ“दैनथ्यो । उपभोक्ताहरु खाली गाग्री बोकेर त्यतिबेलाको नेपाली खानेपानी संस्थान कार्यालय हेटौंडामा घेराउ गर्थे । हाल पानीको फोर्सले धाराको पाइप फुटाइदियो, पानी कम पठाइदिनुप¥यो भनेर ग्राहकहरु खानेपानी बोर्डको कार्यालयमा आउने गरेका छन् । खानेपानी संस्थानले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको १३ वर्षमा २२ हजारभन्दा बढी नया“ धारा जडान गरिसकेको छ । मासिकरुपमा सयभन्दा बढी नया“ धारा जडान हुने गरेको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताए ।
















