हेटौंडा/ हेटौंडा–२, पुरानो मकवानपुर रोडस्थित निको अस्पताल प्रालिले नेपाल प्रिमियर लिग (एनपीएल) का सर्वोत्कृष्ट खेलाडी रिजन ढकाललाई सम्मान गरेको छ।
अस्पतालले सम्मानस्वरूप ढकाललाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो। साथै, अस्पतालले ढकालको परिवारका सदस्यको एक वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा समेत गरेको छ।
सम्मान कार्यक्रममा अस्पतालका सञ्चालक सुधीर दाहाल र निर्देशक डा. दीपेन्द्र पौडेलले ढकाललाई नगद तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी र प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको उपस्थिति रहेको थियो।













खबरदारी 

