काठमाडौं । गायक रोनन सुब्बा र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ रोमान्टिक युगल गीत ‘कहिले होला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोनन सुब्बाकै शब्द तथा संगीत रहेको गीतमा देवेश राईको एरेन्जमेन्ट रहेको छ। गीतको भिडियो रोनन सुब्बाको आधिकारिक युट्युब च्यानल ‘Ronan Subba’ मार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री गरिमा शर्मा र अभिनेता कमल सिंहले अभिनय गरेका छन्। प्रेमिल कथावस्तुमा तयार पारिएको भिडियोमा प्रेम, सम्बन्ध र भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

लोकप्रिय निर्देशक निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा रोशन बिकेको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।

सार्वजनिक भएपछि गीत तथा भिडियोले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। रोनन सुब्बाको शब्द, संगीत र स्वर तथा समीक्षा अधिकारीको युगल प्रस्तुतिले गीतलाई थप आकर्षक बनाएको छ।