हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा असार १४ गतेबाट उपमेयरकप डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सातौं संस्करणको प्रतियोगिता थाहा नगरपालिकाको आयोजना तथा थाहानगर ब्याडमिन्टन संघको व्यवस्थापनका हुन लागेको हो । असार १४, १५ र १६ गते थाहा—४, क्याम्पाडाँडास्थित कबर्डहलमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले २१ हजार, दोस्रोले १५ हजार, तेस्रोले ६ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागी हुन असार १३ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने प्रतियोगिता संयोजक च्याङ श्रेष्ठले जानकारी दिए ।