हेटौंडा । श्रम संस्कृति पार्टी बागमती प्रदेशको तदर्थ समिति सर्वसम्मत् गठन गरिएको छ । नवगठित समिति अध्यक्षमा निमा मोक्तानतामाङ चयन भएका छन् । उपाध्यक्षहरुमा श्यामलाल योञ्जन, किशोर रानामगर, पशुपति तुलाधर, निता पाण्डे तथा सञ्जय राई चयन भएका छन् । सचिवमा जगन्नाथ पौडेल, सहसचिवमा धर्मचन्द्र योञ्जन, रत्नमान शंखदेव तथा टेकबहादुर लिम्बु चयन भएका छन् ।
कोषाध्यक्षमा नवराज थापा तथा सहकोषाध्यक्ष रेनुका श्रेष्ठ र राजु नेपाल चयन भएका छन् । प्रवक्तामा उपेन्द्रप्रसाद रिमाल तथा सहप्रवक्तामा मर्सी तामाङ र नृपेश मिजार छन् । सदस्यहरुमा कुमार तामाङ, राजेन्द्र गिरी, मणि शाही र लक्पा शेर्पालगायत छन् ।

















