हेटाैँडा/नेकपा एमाले केन्द्रीय लेखा आयाेगकाे सदस्य नवीन सिग्देलले बालेन्द्र सरकारप्रति जनताकाे विश्वास घट्दै गईरहेकाे बताउनु भयाे । नेकपा एमाले गढि गाउँपालिका वडा नं. ५ काे नवनिर्वाचित वडा कमिटीकाे सपथग्रहण कार्यक्रममा उहाँले जनताले रास्वपालाई करिव दूईतिहाई दिएर निर्वाचनमा विजय गराएर एकलाैटी सरकार बनाउने अवसर दिएपनि सरकारकाे सञ्चालनमा देखिएकाे असक्षमताकाे कारण जनताले विश्वास गर्न क्रमस छाड्दै गएकाे उहाँकाे दावी छ ।
समाजमा अराजकता, हत्या, हिँसा र असुरक्षा बढ्नाले असुरक्षित महसु हुँदै जानू, दैनिक उपभाेग्य बस्तु र अत्यावश्यक बस्तुहरूकाे अभाव र चरम महङ्गीकाे कारण जनताकाे दैनिक जीवन कष्टकर बन्दै गईरहेकाे बताउनु भयाे । राष्ट्रियता, संविधान र लाेकतान्त्र संकटमा पर्दै जानू विकास र समृद्विकाे यात्रामा अवरूद्व भएकाे बेला नेकपा एमाले पार्टी, नेता र कार्यकर्तामा अभिभारा थपिएकाे बताउनु भयाे । हामीले गरेकाे राम्रा कार्यहरू जनतामा लैजाने, कमि छन् भने जुन तह र जस्लेबाट भएकाे छ, त्यसलाई आत्मसमिक्षा गर्दै जनतामा जाने, जनताकाे कुरा सुन्ने, सुझाव लिने, जनताकै सुझाव अनुसार अगाडि बढ्न पार्टीका सबै नेता र कार्यकर्ता एकताबद्व भएर लाग्नु पर्ने बताउनु भयाे । समस्या छ, समस्याकाे साथी एमाले जनताले खाेजिरहेका छन्, हामी जुट्दै, उठ्दै र उत्साहपूर्वक पार्टी र जनताकाे काममा जुटाैँ आयाेगका सदस्य सिग्देल बताउनु भयाे ।
गत असाेज ६ गते सम्पन्न चाैथाे वडा अधिवेशनले अध्यक्ष रमेश तिमल्सीना, उपाध्यक्ष दिलकुमारी घिसिङ्ग, सचिव शिवराज तिमल्सिना, उपसचिव अशाेक बजगाईँ, नवराज धिताल रहेकाे २१ सदस्यीय मकवानपुर गढी ५ नं. वडा कमिटी चयन गरिएकाे हाे । कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरू प्रदेश कमिटी सदस्य निर्मला लम्साल, विदुर हुँमागाई, मेम्बर लाे, जिल्ला सदस्य नवराज खतिवडा, पालिका कमिटी अध्यक्ष जीतबहादुर घिमीरे, सचिव राेमनाथ रेग्मीलगायतकाे आथित्यता रहेकाे नवनिर्वाचित अध्यक्ष रमेश तिमल्सिनाले जानकारी दिनुभयाे ।











