हेटाैँडा/नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले राष्ट्रिय हितकाे लागि एमाले बलियाे हुनुपर्ने बताउनु भएकाे छ । नेकपा एमाले हेटाैँडा-१७ नं. वडाद्वारा आयाेजित अगुवा कार्यकर्ता भेलामा उहाँले नेकपा एमालेले सरकारमा रहँदा नै विदेशी हस्तक्षेप र चलखेलकाे अन्त्य, राष्ट्रिय स्वाधिनताकाे रक्षा र मिचिएका नेपाली भूमि फिर्ता गर्न पहल भएकाे बताउनु हाे । कार्यक्रमकाे प्रमुख अतिथि रहनु भएका सिग्देलले वर्तमान प्रधानमन्त्रीले गरिमामय संसदमा नेपालले भारतीय भूमि मिचेकाे छ, भन्नू नेपाली राष्ट्रियता र स्वाधिनताप्रति प्रहार भएकाे बताउनु भयाे । उहाँले मुलुकमा महङ्गी, हत्याहिँसा, वेथिति बढ्दै जाँदा जनताकाे दैनिक जीवनकष्टकर बन्दै गईरहेकाेले पार्टीका हरेक नेता र कार्यकर्ता जनताकाे समस्यामा जुट्न पर्ने बताउनु भयाे । मिसन पार्टी जागरणलाई वडाबाट अब टाेल टाेल पुर्याएर फैल्याएकाे भ्रम चिर्न आवश्यक रहेकाे उहाँकाे भनाई थियाे ।
नेकपा एमाले प्रदेश कमिटीका सदस्य रामचन्द्र राईले हामीले आफ्ना कमिकमजाेरीलाई ढाकछाेप नगर्ने र आत्मसाथ गर्दै जनतासंगकाे सम्बन्ध अझ गाढा बनाउन आवश्यक रहेकाे बताउनु भयाे । राष्ट्र निर्माण र संविधानकाे रक्षाकाेे लागि एमालेकाे विकल्पमा कुनै पार्टी हुन नसक्नेमा उहाँले जाेड दिनुभयाे ।
भेलामा प्रदेश कमिटी सदस्य सुमित्रा काफ्लेले निर्वाचनबाट आएकाे सरकार निरंकुशता तर्फ अगाडि बढिरहेकाे र स्वेच्छाचारी भएकाे बताउनु भयाे । प्रदेश कमिटीका सदस्य कमलबहादुर विष्टले सरकारले गरिव, किसान र मजदुरकाे पक्षमा कुनै सम्बाेधन नगरेकाे बताउनु भयाे । रसुवामा भएकाे बाढिपैराे र विपत्तिमा समेत सरकार उदासिन भएकाे र अरू पार्टी र नेता कार्यकर्ता उदासिन भएकाे दावी गर्नुभयाे ।
नेकपा एमाले, मकवानपुरका कावा अध्यक्ष हिदम लामा नेपाली जनताकाे चाहना र देशकाे आवश्यकताले भन्दा पनि वैदेशीक चलखेलले नेपाली राजनीति प्रभावित भएकाे बताउनु भयाे । जसकाे कारण न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका समेत समस्यामा पर्द गईरहेकाे बताउनु भयाे । याे सरकार गरिव किसानकाे नभएकाेले नै सुकुम्बासीलाई उठिबास गरायाे तर व्यवस्थापनकाे याेजना नभएकाे बताउनु भयाे । पार्टी र जनताकाे काममा सबै पार्टी कार्यकर्ता एकताबद्व भएर लाग्नुपर्ने बताउनु भयाे
कार्यक्रम वडा अध्यक्ष लक्ष्मण खुलालकाे अध्यक्षतामा भएकाे कार्यक्रम जिल्ला सदस्य कृष्णबहादुर राई, एमाले नेताहरू भैरवबहादुर राई, शंकर राई, जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चका कृष्णप्रसाख नेपाल, उपमहानगर कमिटीका सचिव प्रदीप गाैतमलगायतकाे उपस्थिति रहेकाे थियाे ।












