हेटौंडा/तिहार उज्यालो, खुसी र आपसी सद्भावको पर्व हो । तर, यही पर्वमा पड्काइने पटाका र आतिसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र जोखिम निम्त्याउ“छ । हामी केही क्षण रमाइलो गर्न पटाका पड्काउ“छौं । तर त्यसको असर अरुले लामो समयसम्म भोग्नुपर्ने हुनसक्छ ।

 पटाका पड्कि“दा निस्कने चर्को आवाजले बालबालिका तर्सिन सक्छन् । साना शिशुमा डर, रुवाइ र निद्रामा समस्या देखिन सक्छ । ज्येष्ठ नागरिक, विशेषगरि चर्को आवाजप्रति संवेदनशील व्यक्तिलाई तनाव, बेचैनी र निद्रामा असर पर्न सक्छ । मुटुसम्बन्धि समस्या भएका व्यक्तिलाई अचानक आउने ठूलो आवाजले थप असहज बनाउन सक्छ ।

अस्पतालमा उपचाररत् बिरामी, शल्यक्रियापछि आराम गरिरहेका व्यक्ति तथा मानसिक तनाव वा आवाजप्रति संवेदनशीलता भएका मानिसलाई पटाकाको आवाजले थप समस्या दिन सक्छ । अटिजम भएका कतिपय व्यक्ति पनि चर्को आवाज सहन नसक्ने अवस्थामा हुन्छन् । उनीहरुका लागि पटाकाको आवाज सामान्य मनोरञ्जन होइन, असह्य पीडा बन्न सक्छ ।

पटाकाको आवाजले सबभन्दा बढी प्रभावित हुनेमध्ये कुकुर, बिराला, गाईगोरु, चराचुरुंगी र अन्य पशुप्राणी पनि पर्छन् । उनीहरुको श्रवण क्षमता मानिसको भन्दा फरक र कतिपय अवस्थामा बढी संवेदनशील हुन्छ । अचानक ठूलो आवाज आउ“दा उनीहरु डराउ“छन्, का“प्छन्, लुक्न खोज्छन् र भाग्न सक्छन् । डरले घर वा सुरक्षित स्थानबाट भागेका कुकुर तथा बिरालो सवारीसाधनको ठक्करमा पर्न सक्छन् । कतिपय हराउ“छन् भने कतिपय घाइते हुन्छन् । चराचुरुंगीसमेत बासस्थान छाडेर भाग्न सक्छन् ।

पटाका पड्काउ“दा हात, अनुहार र आ“खामा चोट लाग्न सक्छ । पड्काउन खोज्दा हातमै विस्फोट हुनसक्छ । बालबालिकाले खेलौना ठानेर पटाका चलाउ“दा गम्भीर दुर्घटना हुनसक्छ । घर, पसल, सवारीसाधन तथा अन्य संरचनामा आगलागी हुने जोखिम पनि उत्तिकै हुन्छ । सानो लापरबाहीले ठूलो क्षति निम्त्याउन सक्छ । पटाका पड्काउ“दा धुवा“, धुलो र विभिन्न रासायनिक पदार्थ हावामा फैलिन्छन् । यसले वायु प्रदुषण बढाउ“छ । दम, एलर्जी तथा श्वासप्रश्वाससम्बन्धि समस्या भएका व्यक्तिलाई सास फेर्न गाह्रो हुनसक्छ । आ“खा पोल्ने, घा“टी खसखसाउने र खोकी लाग्ने समस्या पनि देखिन सक्छ । पटाका पड्किएपछि लामो समयसम्म वातावरणमा धुवा“ र प्रदुषण रहन सक्छ ।

पटाकाको आवाजले वातावरणमा ध्वनि प्रदुषण बढाउ“छ । यसले मानिसको कानमा असर पु¥याउन सक्छ । अत्यधिक चर्को आवाजले श्रवण क्षमतामा क्षति पु¥याउने जोखिम हुन्छ । डर, तनाव, बेचैनी र निद्रामा समस्या पनि निम्त्याउन सक्छ । तिहार हाम्रो खुशीको पर्व हो । तर, हाम्रो रमाइलो अरु कसैको डर, पीडा र दुःखको कारण बन्नु हु“दैन । केही क्षणको मनोरञ्जनका लागि बालबालिका, बिरामी, ज्येष्ठ नागरिक र पशुप्राणीलाई त्रासमा पार्नु उचित होइन ।