हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१० स्थित सडकखण्डबाट प्रहरीले २२ वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ।
मिति २०८३ भदौ १६ गते सडकमा चेकजाँच गर्ने क्रममा गोरुहरूलाई निर्दयी तरिकाले ओसारपसार गरिरहेको अवस्थामा ना.६ ख ६५७१ नम्बरको ट्रक फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रकका चालक रौतहटको चन्द्रपुर–२ बस्ने अन्दाजी ३० वर्षीय बिनय चौधरीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका गोरु र ट्रकसहित चालकलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा, मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ।












