हेटौंडा / रसुवागढी क्षेत्रमा आएको बाढीबाट प्रभावित त्रिशूली नदी तटीय क्षेत्रका नागरिकहरूको जीवनरक्षाका लागि आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल विद्यार्थी संघ, मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा भएको कार्यक्रममा ४४ जना विद्यार्थीले रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी हेटौंडाको सहकार्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विपद्को समयमा मानवीय सेवाप्रतिको आफ्नो जिम्मेवारी प्रस्तुत गर्दै रक्तदान गरेका हुन्।
“रगतका ४४ थोपा मात्र होइनन्, ४४ वटा जीवनका आशा हुन्।”
कार्यक्रमले विपद्को पीडामा रहेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवता र सेवाभावको सन्देश दिएको आयोजकले जनाएको छ।
रक्तदान गर्ने सम्पूर्ण विद्यार्थीप्रति आयोजकले हार्दिक आभार तथा सम्मान व्यक्त गरेको छ। ❤️🩸












