हेटौंडा । मकवानपुरको भीमफेदी–६, जुरिखेतका भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएकी उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी पत्नी ४९ वर्षीया लक्ष्मी बडुको उपचारका क्रममा काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा मृत्यु भएको छ ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार विहान १०ः०४ बजे अस्पताल पु¥याइनुभएकी उहाँको १०ः२९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मुख्य न्यायाधीशसहित अन्य घाइतेहरुको काठमाडौं र हेटौंडामा उपचार भइरहेको छ । सडकको डिभाइडरमा ठोक्किएर भएको दुर्घटनाका घाइतेमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको उपचार भइरहेको छ । यसअघि स्कर्पियो चालक छुनिलाल चौधरी र रजिष्ट्रार बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो ।
उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्टार र गाडी चालकसहित ६ जना सवार प्रदेश ३–०१–००२ झ ५१८३ नम्बर स्कर्पियो गाडी अनियन्त्रित भइ सडकदेखि करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो । उक्त सडक हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक मार्ग हो
।











