मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कोरपियो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

काठमाडौं–हेटौंडा सडकखण्डअन्तर्गत जुरिखेतमा काठमाडौं बाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कोरपियो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो।

दुर्घटनाका समयमा स्कोरपियोमा ६ जना सवार रहेको बताइएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने अन्य घाइतेलाई उपचारका लागि हेटौंडा ल्याइएको जनाइएको छ।

दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।