हेटौँडा/हेटौँडा–५ स्थित क्याम्पाडाँडामा स्कुटरसहित एकजना पुरुषको शव पानीमा डुबेको अवस्थामा भेटिएको छ।

 घटनास्थलमा पुगेको प्रहरीले पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला पारेको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। मृतकको पहिचान तथा घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटना दुर्घटना हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ।