हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुग्ध किसानहरुले डेरी उद्योगबाट पाउनुपर्ने भुक्तानी नपाएको विषयमा छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा भएको छलफलमा आर्थिक वर्ष २०८२/०८३ मा दुग्ध किसानले बिक्री गरेको दूधको रकम डेरी उद्योगहरुबाट समयमै भुक्तानी नपाएको विषयमा केन्द्रित थियो ।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सार्वजनिक गरेको विवरणअनुसार असार ३२ गतेसम्म विभिन्न डेरी उद्योगहरुबाट कच्चा दूध बिक्रीबापत् किसानले पाउनुपर्ने कुल रकम १५ करोड ९५ लाख ९७ हजार ६ सय २१ रुपिया“ ८० पैसा छ । त्यसमध्ये चैतदेखि असार मसान्तसम्म किसानहरुले ४ करोड ३ लाख ५५ हजार ५ सय ५० रुपिया“मात्र भुक्तानी प्राप्त गरेका छन् । यस आधारमा हालसम्म ११ करोड ९२ लाख ४२ हजार ७१ रुपिया“ ८० पैसा भुक्तानी हुन बा“की रहेको देखिएको छ ।

छलफलका क्रममा डेरी उद्योगहरुले किसानलाई दिनुपर्ने रकमको तुलनामा औसत भुक्तानी प्रतिशत् अत्यन्त न्यून रहेको उल्लेख गरिएको छ । विवरणअनुसार विभिन्न डेरी उद्योगबाट प्राप्त भुक्तानी ० प्रतिशत्देखि अधिकतम् ४५.११ प्रतिशत्सम्म मात्र रहेको पाइएको छ । कार्यक्रममा दुग्ध उत्पादक संघ अध्यक्ष हरिप्रसाद क“डेलले किसानहरुको बक्यौता रकम शीघ्र भुक्तानी गराउन सम्बन्धित निकाय र डेरी उद्योगहरुले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायणप्रसाद देबकोटालगायतको सहभागिता थियो ।