दोलखा÷असार पहिलो साता तिब्बतको सीमासँग जोडिएको दोलखाको दुर्गम बस्ती लप्चीमा एकै दिन तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुगे । स्थानीयका अनुसार गाउ“को इतिहासमा पहिलो पटक यति धेरै पर्यटक एकैपटक पुगेका थिए । होटल र होमस्टे नभएकाले दुई वटा बौद्ध गुम्बाले नै उनीहरुको बास र खानाको व्यवस्था गर्नुप¥यो ।

केही वर्षअघिसम्म दुई दिनको कठिन पैदल यात्रापछि मात्र पुग्न सकिने लप्ची काठमाडौंबाट एकै दिनमा पुग्न सकिने गन्तव्य बनेको छ । यस परिवर्तनको आधार कुनै सरकारी विशेष कार्यक्रम होइन, जलविद्युत् आयोजनाले निर्माण गरेका सडक, पुल र सुरुङका कारण सम्भव भएको हो । लप्ची खोला तथा माथिल्लो लप्ची खोला जलविद्युत् आयोजनाले निर्माण गरेका पहुँचमार्गले वर्षौंदेखि ओझेलमा परेको हिमाली बस्तीलाई देशकै नयाँ पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्न थालेको छ ।

स्थानीय कर्माहुसेर शेर्पाका अनुसार सडक खुलेपछि सामाजिकसञ्जालमा लप्चीका हिमाल, गुम्बा, नदी, बुकी र ध्यानस्थलका तस्बिर फैलिन थाले । त्यसपछि वैशाखयता दैनिक सयौं पर्यटक पुग्न थालेका छन् । यस वर्ष चैत र बैशाखमा हिउँ र वर्षा भए पनि त्यसको समेत कुनै पर्वाह नगरी पर्यटकहरु लप्ची पुगे । वर्षायामपछि बढी पर्यटक आउने अपेक्षामा स्थानीयले होटल र होमस्टे निर्माण सुरु गरेका छन् ।

यहा“को समृद्धि पनि यी जलविद्युत् आयोजना र पर्यटनबाट समृद्ध हुने आधार तयार भएको छ । आयोजना पूर्वाधारले पर्यटन विकास र रोयल्टी दुवै बढाएको छ । दोलखाको उत्तरी भेगमा जलविद्युत् आयोजना निर्माणसँगै बनेका सडकहरुले स्थानीय जनजीवनमा सबभन्दा ठूलो परिवर्तन ल्याएका छन् । कुनै समय लामाबगरदेखि लप्चीसम्म पुग्न दुई दिन लाग्थ्यो । हाल सडकका कारण केही घण्टामै यात्रा सम्भव भएको छ । दुई दशक पछाडि फर्कने हो भने त दोलखा बजारदेखि नै पैदलयात्रा तय गर्नुपथ्र्यो । त्यसबेला त लामाबगर पुग्नु नै सपनाजस्तै हुन्थ्यो । दोलखाबाट लामाबगर पुग्न ३ दिन र लप्चीसम्म त ५ दिनको यात्रा तय गर्नुपथ्र्यो ।

विगु गाउ“पालिका अध्यक्ष सञ्जीव ओलीका अनुसार सडकले केवल यात्रा छोट्याएको छैन, यसले पर्यटन, व्यापार र सार्वजनिक सेवामा समेत नया“ सम्भावना सिर्जना गरेको छ । लामाबगरको कठिन भुगोलमा करिब १ हजार १ सय ४० मिटर लामो सुरुङमार्ग, भीर काटेर बनाइएका सडक र पुलहरुले उत्तर दोलखाको भुगोल नै बदलिदिएका छन् । लप्ची खोला जलविद्युत् आयोजनाले करिब २० किलोमिटर सडक खोलेको छ भने माथिल्लो लप्ची खोला आयोजनाले सडकलाई गाउँ नजिकसम्म विस्तार गरिरहेको छ । आयोजना निर्माणका लागि खोलिएका यी सडक हाल स्थानीयको दैनिकी र पर्यटनको आधार बनेका छन् ।

उत्तर दोलखाको पूर्वाधार विकासमा सबभन्दा ठूलो योगदान माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मानिन्छ । सिंगटीदेखि लामाबगरसम्म २८ किलोमिटर सडक, पुल र सुरुङ निर्माणसँगै चरिकोट–सिंगटी सडकको स्तरोन्नति पनि आयोजनाले नै गरेको हो । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अनुसार सडक निर्माण र स्तरोन्नतिमा मात्र दुई अर्ब बढी लगानी गरिएको छ । आयोजनाले करिब ६८ किलोमिटर सडक, नौं वटा पुल तथा सुरुङ निर्माण गरेको छ ।

जिल्ला विकास समितिका पूर्वसभापति रुद्रबहादुर खड्काका अनुसार यदि माथिल्लो तामाकोसीले सडक नबनाएको भए उत्तरी दोलखामा सडक पु¥याउने विषय अझै राजनीतिक एजेण्डाकै रुपमा सीमित रहने थियो । जलविद्युत् आयोजनाले उक्त आवश्यकता र चुनावी मुद्धा पूरा गरिदियो । खानीखोला जलविद्युत् आयोजनाले भोर्लेदेखि कोप्लाङसम्म करिब ३० किलोमिटर सडक निर्माण गरी गौरीशंकर गाउँपालिकाका दुर्गम बस्तीलाई सडकसञ्जालसँग जोडेको छ । यी महत्वपूर्ण सडक भए पनि विगु गाउँपालिका  वडा–५, ६ र ८ मा सडक सुधार, तामाकोसी गाउँपालिका वडा–६ र ७ का सडकसुधारमा जलविद्युत् आयोजनाले सहयोग गरेको देखिन्छ ।

सडक पुगेपछि उत्तर दोलखामा बजार विस्तार भएका छन् । सिंगटी बजारमा राम्रो चहलपहल छ । सुबिधासम्पन्न होटल, हार्डवेयर, फेन्सी, किराना पसलहरु राम्रै चलेका छन् । यही बजारमा हाल ४ वटा बैंकले शाखा सञ्चालन गरेका छन् । सुन्द्रावती, सेउली बजार, बञ्चरे, गुरुम्फी, जगत्, गोगर, लामाबगर र सिंगटीजस्ता बजार केन्द्रमा व्यापार बढेको छ । तरकारी, दूध, मासु, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको कारोबार विस्तार भएको छ । दक्षिणतिरको किर्नेटार र देवीटार बजार खिम्ती–१ जलविद्युत् आयोजनाकै कारण चलेका छन् । पहिले उपभोगका लागिमात्र उत्पादन हुने तरकारी र पशुपालन हाल आम्दानीको स्रोत बनेका छन् । स्थानीय उत्पादन बजारसम्म पुग्न थालेपछि किसानको नगदे आम्दानी बढेको छ । होटल, यातायात, निर्माण र साना व्यवसायमा समेत रोजगारी सिर्जना भएको छ ।

लप्ची, विगु र रोल्वालिङ धार्मिक र प्राकृतिक दुवै दृष्टिले महत्वपूर्ण क्षेत्र हो । समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाईंमा रहेको लप्ची र रोल्वालिङ क्षेत्रमा प्राचीन बौद्ध गुफा, हिमाली जैविक विविधता र ध्यानस्थल छन् । पहु“च सहज भएपछि धार्मिक, साहसिक र प्रकृति पर्यटनको सम्भावना उल्लेखनीयरुपमा बढेको छ । पर्यटनस“गै स्थानीयले होमस्टे, होटल, घोडा सेवा, स्थानीय खाद्य परिकार र हस्तकलाका माध्यमबाट नया“ आयआर्जनका अवसर देख्न थालेका छन् । यद्यपि, व्यवस्थित फोहोर व्यवस्थापन, खानेपानी, शौचालय र उद्धार सेवाको अभाव भने चुनौतीका रुपमा छ ।

गाउ“पालिकाले दरबन्दी नपुगेका विद्यालयमा पालिकाको अनुदानबाट शिक्षक व्यवस्थापन, खेलकुद, शैक्षिक सामग्रीलगायतमा पालिकाबाट विशेष ध्यान दि“दा नतिजा राम्रो आएको उनले बताए । जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् विद्युतीकरण, एम्बुलेन्स, स्वास्थ्य चौकी, खानेपानी र सामुदायिक पूर्वाधारमा समेत लगानी गरिएको छ । लप्चीबाहेक उत्तर दोलखाका अधिकांश बस्तीमा विद्युत्, मोबाइल र इन्टरनेट सेवा पुगेको छ । लप्चीमा पनि विद्युत् र सञ्चार सेवा विस्तारको काम जारी छ ।

जलविद्युत् आयोजनाले निर्माण अवधिमा हजारौं स्थानीयलाई रोजगारी दिएका छन् । हाल पनि तामाकोसी पाँचौं, लप्ची खोला, जुम खोलालगायत आयोजनामा ठूलो संख्या