काठमाडौं/नागढुंगा–सिस्नेखोला सुरुङमार्ग चा“डै सर्वसाधारणका लागि खुला हु“दैछ । साउन दोस्रो साता उद्घाटन भएको सुरुङमार्ग हाल एम्बुलेन्सलगायत आकस्मिक तथा आपत्कालीन सवारीका लागिमात्र खुला गरिएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक इञ्जिनियर सञ्जय पन्थीले हाल दैनिक १ सय ५० देखि २ सयसम्म आकस्मिक तथा आपत्कालीन सवारीसाधन सुरुङमार्ग भएर ओहोरदोहोर गर्ने गरेको जानकारी दिए । त्यस्ता सवारीसाधनलाई निःशुल्करुपमा ओहोरदोहोर गर्न दिइएको छ ।
अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपत्कालीन अभ्यास बा“की रहेको बताउ“दै उनले भने–सुरुङलाई सर्वसाधारणका लागि खुला गर्ने आवश्यक तयारीअन्तर्गत् सुरुङमार्गभित्र आपत्कालीन उद्धार अभ्यास (मक्कड्रिल) भएको छ । आयोजनाअन्तर्गत्का आपत्कालीन उद्धार समूह (इमर्जेन्सी रेस्पन्स ग्रुप) ले सफलतापूर्वक उद्धार अभ्यास गरेका हुन् । यस समूहमा काठमाडौं महानगरपालिका, चन्द्रगिरि नगरपालिका, जुद्ध वारुणयन्त्र, सशस्त्र प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको डिजास्टर समूह छन् । सुरुङमार्गभित्र आगो लागेको अवस्थामा कसरी निभाउने भन्ने विषयमा अभ्यास गरिएको बताउ“दै उनले यात्रुले खचाखच भरिएका बसमा आगो लागेको अवस्थामा कसरी आगो निभाउने, यात्रुको उद्धार कसरी गर्नेलगायत विषयमा थप अध्ययन भइरहेको उनले जानकारी दिए ।
यसपछि सुरुङमार्ग सञ्चालनको जिम्मा लिएका कम्पनीले सुरुङमार्ग सञ्चालन योजना पेस गर्छन् । त्यसको अध्ययन र स्वीकृतिपछि चरणबद्धरुपमा सुरुङमार्ग सर्वसाधारणका लागि व्यावसायिकरुपमा खुला हुनेछ । सुरुको चरणमा साना गाडीलाई सुरुङभित्र सीमित गतिमा ओहोरदोहोरको स्वीकृति दिइनेछ । कुनै कारणवश सुरुङभित्र ठूला सवारीसाधन दुर्घटना भएको अवस्थामा त्यसको उद्धार गर्ने अभ्यास नभएकाले सुरुमा साना सवारीसाधनलाई सुरुङभित्र प्रवेशको अनुमति दिने उनले स्पष्ट पारे । आगामी सोमबारदेखि साना सवारीसाधनलाई सुरुङमार्गभित्र ओहोरदोहोरको अनुमति दिने गरी तयारी भइरहेको उपनिर्देशक पन्थीले जानकारी दिए ।
पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानका राजदुत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहबीच साउन दोस्रो साता सुरुङमार्ग उद्घाटन गरिएको थियो । नागढुंगा सुरुङमार्ग पूर्णरुपमा सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको यातायात प्रणालीमा क्रान्तिकारी परिवर्तन आउनुका साथै यसले यात्राको समय र दुरी घटाउने, इन्धन खपत कम गर्ने, ढुवानी लागत घटाउने तथा व्यापारिक गतिविधि विस्तार गरी समग्र राष्ट्रिय अर्थतन्त्र र सडक पूर्वाधारको आधुनिकीकरणमा दीर्घकालीन तथा दुरगामी योगदान पुग्ने विश्वास गरिएको छ । उक्त आयोजनाअन्तर्गत् मुख्य सुरुङमार्ग २.६८ किलोमिटर (२,६८८ मिटर) लामो छ भने आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । सवारीसाधनको प्रकार हेरेर ६० देखि ६ सय रुपिया“सम्म शुल्क तिर्नपर्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरिसकेको छ ।
नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गरेबापत् सवारीसाधनका लागि ६० देखि ६ सय रुपिया“सम्म सडक उपभोग दस्तुर (टोलफी) तोकेको छ । सुरुङमार्गमा काठमाडौं प्रवेश गर्दा (भित्र“दा) र काठमाडौँबाट बाहिरि“दा फरकफरक शुल्क निर्धारण गरिएको छ ।











