हेटौंडा/मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२÷०८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत् घटना दर्ता भएका छन् । नगरपालिकाको तथ्यांकअनुसार दर्ता भएका घटनामध्ये सबभन्दा बढी जन्मदर्ताका घटना दर्ता भएका छन् । उक्त अवधिमा कुल ८ सय २९ वटा जन्मका घटना दर्ता भएका छन्, जसमा ४ सय ४७ जना केटा र ३ सय ८२ जना केटी छन् । जन्मपश्चात् दोस्रो बढी दर्ता हुनेमा विवाहका घटना छन् । यस अवधिमा नगरपालिकामा ४ सय २२ वटा विवाहका घटना दर्ता भएका छन् ।

मृत्युदर्ताको तथ्यांक हर्दा उक्त अवधिमा कुल ३ सय ४६ वटा घटना दर्ता भएका छन् । मृत्यु हुनेहरुमा पुरुषको संख्या १ सय ९५ र महिलाको संख्या १ सय ५१ छ । सोही आर्थिक वर्षमा थाहा नगरपालिकामा ६८ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् । बसाईंसराइको तथ्यांकअनुसार नगरपालिकामा भित्रिने भन्दा बाहिरिनेको संख्या उल्लेख्य रहेकोे देखिएको छ ।

यस अवधिमा बसाईं सरेर आउने १४ वटा घटना दर्ता हु“दा ४७ वटा घटना दर्ता बाहिरिनेका छन् । वडागत्रुपमा घटना दर्ताको विवरण हेर्दा सबभन्दा बढी वडा नम्बर–७ मा १ सय ९२ वटा घटना दर्ता भएका छन् भने सबभन्दा कम वडा नम्बर–१० मा ९७ वटा घटना दर्ता भएका छन् । वडा नम्बर–१ मा १ सय २७, वडा नम्बर–२ मा १ सय ६४, वडा नम्बर–३ मा १ सय ५१, वडा नम्बर–४ मा १ सय १४, वडा नम्बर–५ मा १ सय ३१ र वडा नम्बर–६ मा १ सय ७५ घटना दर्ता भएका छन् । वडा नम्बर–८ मा १ सय ४८, वडा नम्बर–९ मा १ सय ६४, वडा नम्बर–११ मा १ सय ४० र वडा नम्बर–१२ मा १ सय ३५ वटा व्यक्तिगत् घटना दर्ता भएको कार्यालयको तथ्यांकले देखाएको छ ।