सुनसरी/असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो । इलामको सुन्दर गाउ“ रोङ गाउ“पालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यस रातको चट्याङ काल बनेर आयो । राति मुसलधारे पानी परिरहेको समय काठको बेरा र टिनको छानो भएको आफ्नो दुईतले घरको बरण्डामा बसिरहेका मोक्तान रातको करिब १ बजे अचानक आकाश थर्कियो, वर्षास“गै आकाशबाट खसेको त्यही चट्याङको चपेटामा परेर घटनास्थलमा उनको मृत्यु भयो ।

असार १४ गते संखुवासभाको मकालु गाउ“पालिका–१, चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको पनि मृत्यु भयो । ठूलो वर्षा र हावाहुरी चलिरहेका बेला घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजा“दै गर्दा बाटोमा उनको मृत्यु भयो ।

यी घटनाहरु केही उदाहरणमात्र हुन् । जब नेपालमा वर्षायाम सुरु भएस“गै आकाशमा काला बादल मडारिन थाल्छ, सहरबजारभन्दा गाउ“घरमा चट्याङको डर र त्रास पैदा हुन थाल्छ । बाढी र पहिरोजस्ता आ“खाले देखिने विपद्को चर्चा धेरै भए पनि कुनै पूर्वसंकेतबिना आकाशबाट खस्ने चट्याङले हरेक वर्ष दर्जनौंको ज्यान लिने गरेको छ भने करोडौं धनजन क्षति हुने गर्दछ ।

नेपालमा बाढी, पहिरो र भुकम्पजस्ता प्राकृतिक विपद्को चर्चा सधैं अग्रपंक्तिमा हुन्छ तर तथ्यांक पल्टाएर हेर्ने हो भने यी ठूला र दृष्य विपद्भन्दा शान्त र अदृष्यरुपमा आउने चट्याङ नेपालका लागि उत्तिकै घातक बन्दै गएको देखिन्छ । वर्षा सुरु हुनासाथ आकाशमा चम्किने बिजुली र त्यसस“गै आउने गर्जन धेरैका लागि सामान्य प्राकृतिक घटना हुन् । तर, यही प्राकृतिक घटना केही सेकेन्डमै ज्यान लिने अदृष्य काल बन्ने गरेको छ । विशेषगरि मनसुनको समयमा प्रदेशका पहाडी तथा तराई जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८÷०७९ देखि २०८२÷०८३ को असार सम्ममा चट्याङका कारण प्रदेशमा ६६ नागरिकले ज्यान गुमाइसकेका छन् भने २ सय १८ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये ४४ पुरुष र २२ महिला छन् । घाइतेमध्ये १ सय १५ पुरुष र १ सय ३ महिला छन् ।

पुरुषहरु बाहिरी काममा बढी संलग्न रहने भएकाले महिलाको तुलनामा पुरुष बढी चट्याङको जोखिममा पर्ने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताए । कार्यालयका अनुसार आव २०७८÷०७९ मा १५ जनाको मृत्यु भएको छ । आव २०७९÷०८० मा १२ जना, आव २०८०÷०८१ मा १२ जना, आव २०८१÷०८२ मा १८ जना तथा आव २०८२÷०८३ को असार २५ गतेसम्म ९ जनाको चट्याङका कारण मृत्यु भएको छ ।

कोशी प्रदेशमा पछिल्लो ५ आर्थिक वर्षको तथ्यांकअनुसार चट्याङका घटनाबाट घाइतेको विवरण हेर्दा सबभन्दा बढी ओखलढुंगामा पा“च वर्ष अवधिमा ४३ जना घाइते भएका छन् । भोजपुरमा ४० जना, उदयपुरमा ३३ जना, खोटाङमा २७ जना र ताप्लेजुङमा १९ जना घाइते भएका छन् । झापा र सुनसरीमा १३÷१३ जना, धनकुटामा नौं जना, पा“चथर र मोरङमा आठ÷आठ जना तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन् । इलाम, तेह्रथुम र संखुवासभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण शून्य रहेको तथ्यांकमा उल्लेख छ । पा“च वर्ष अवधिमा कोशी प्रदेशमा २ सय १८ जना घाइते भएका छन् । चट्याङले विशेषगरि पहाडी जिल्लामा बढी प्रभाव पारिरहेको छ ।

मानिसमात्र होइन, चट्याङले पशुधन र भौतिक संरचनामा पनि ठूलो क्षति पु¥याउने गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता थापाका अनुसार पा“च वर्ष अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन् भने चट्याङका कारण लागेको आगलागीबाट प्रदेशका १ सय ७० घर तथा गोठ जलेर नष्ट हु“दा तीन करोड ७२ लाख ६५ हजार ३ सय ५० बराबर क्षति भएको छ ।

नेपालमा वर्षायाम सुरु हुनासाथ रेडियो, पत्रपत्रिका, अनलाइनदेखि टेलिभिजनसम्म बाढी र पहिरोकै चर्चा र बहस बढी सुनिन्छ तर आफ्नै घरभित्र सुरक्षित बसिरहेका सर्वसाधारणले चट्याङका कारण बर्सेनि ज्यान गुमाउनु परिरहेको तीतो यथार्थ ओझेलमा पर्ने गरेको छ । सहरको तुलनामा ग्रामीण बस्ती चट्याङको उच्च जोखिम हुने गरेको छ ।

गाउ“घरमा प्रायः घर काठ र टिनले बनेका हुन्छन्, जहा“ चट्याङबाट बच्ने अर्थिङ सुरक्षा प्रविधि जडान गरिएको हु“दैन । पहाडी भेगका स्थानीय बासिन्दामा यसबारे न त पर्याप्त सचेतना नै छ । यस्तो अवस्थामा आकाशबाट खस्ने बिजुलीको एउटै झट्काले परिवारको ओत लाग्ने ठाउ“मात्र उजाड बनाउ“दैन, घरका सदस्य नै सधैंका लागि खोसेर लैजान्छ ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोखरेलले पछिल्ला केही वर्षयता मौसममा देखिएको अस्थिरता र जलवायु परिवर्तनको प्रभावका कारण मेघगर्जनसहित चट्याङका घटना बढ्दो क्रममा देखिएको बताइन् । ‘मनसुन तथा प्रिमनसुन अवधिमा मौसममा अचानक परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षास“गै चट्याङ पर्ने सम्भावना उच्च रहने भएकाले विशेष सतर्कता आवश्यक हुन्छ,’ उनले भनिन् । चट्याङ प्रायः खुला स्थानमा रहेका मानिसलाई बढी प्रभावित गर्छ । खेतबारिमा कृषि कार्य गरिरहेका किसान, पशुचौपाया चराइरहेका गोठाला, जंगलमा घा“सदाउरा संकलन गर्न गएका स्थानीय तथा खुला चौर, डा“डाका“डा वा नदीकिनारमा रहेका व्यक्ति बढी जोखिममा पर्ने गरेको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा जीविकोपार्जनका अधिकांश काम खुला वातावरणमा हुने भएकाले चट्याङबाट हुने मानवीय क्षति पनि पहाडी भेगका ग्रामीण क्षेत्रहरुमा तुलनात्मकरुपमा बढी देखिने गरेको उनले बताइन् । उनले भनिन्–मौसम खराब हुने संकेत देखिनासाथ खुला स्थानबाट सुरक्षित आश्रयमा जानुपर्छ, अग्ला रुखमुनि बस्न हुन्न, बिजुलीका पोल, टेलिफोनका तार, ट्रान्सफर्मर तथा अन्य धातुजन्य संरचनाबाट टाढा रहन सके चट्याङको जोखिम कम हुन्छ । सकेसम्म पक्की भवनभित्र बस्ने, झ्यालढोका बन्द गर्ने, विद्युतीय उपकरण अनावश्यक प्रयोग नगर्ने तथा मौसमसम्ब