हेटौंडा/मकवानपुरको भीमफेदी–६ की दुर्गादेवी राना बिहीबार विहान मकैबारि पुगिन् । मकै ठीकठाक थिए, बाँदर पनि देखिएका थिएनन् । तर, विहान ११ बजे खाना खान घरभित्र गइन् । ‘बाहिर निस्क“दा त बा“दरले १५–२० डोका मकै च्यातेर सकिसकेको रहेछ,’ उनले भनिन्–छोरा भीमबहादुरसँग मिलेर बाँदर लखेट्यौं । च्यातेर नष्ट गरेका मकै आमाछोराले एक ठाउ“मा राखेर थुप्रो बनाए । ‘खाने बेलाका मकै भुइभरि भएपछि मुटु पोल्यो । छोरा नभए बाँदर धपाउन पनि सकिने थिएन,’ उनले भनिन् ।
यस वर्ष खुमाको बारिमा मकै सप्रेको थियो । उनका अनुसार बा“दरले नष्ट नगरेको भए २०/२५ मुरी मकै फल्थ्यो । तर, दुई पटक बा“दरले मकै नष्ट गरिसकेको उनले सुनाइन् । मकै नभा“चुञ्जेल विहान साढे ५ बजेबाट राति ८ बजेसम्म बादर धपाउनुपर्ने बाध्यता रहेको रानाले सुनाइन् । उमकला लामा, बलराम बञ्जाडे, विष्णुप्रसाद बञ्जाडे र देवेन्द्र स्यांतानको बारिको मकै पनि बा“दरले नष्ट गरेको छ ।
मकवानपुरको भीमफेदी गाँउ पालिकामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ । किसानले वर्षभरिको अन्नबाली मकै बा“दरले नष्ट गर्न थालेपछि यहा“का किसान समस्यामा परेका छन् । स्थानीयको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बा“दरबाट जोगाउन धौधौ भएको हो ।
वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीयको दुःखेसो छ । कुकुर पाल्न छाडेपछि बाँदर घरघरमा आउने र एक/दुई जनालाई टेर्ने नगरेको स्थानीयको भनाइ छ । ‘मकैले घोगा हालेपछि बाँदर बारीभरि हुन्छ । त्यसबाट बचाउन बारिमा एक जना कुरुवा नै बस्नुपर्ने बाध्यता छ । हुलका हुल बा“दर बारिमा पसेपछि मकैबाली नोक्सान गर्छ । सबै गाउ“ले मिलेर धपाउने काम गर्छौं,’ स्थानीय अमृत लामाले बताए । मकै भा“चेर फालेर नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । रातमा बा“दरको समस्या नभए पनि विहानदेखि अ“ध्यारो नहु“दासम्म अन्नबाली जोगाउन समस्या छ । बा“दरले केही मकै खाने र केही भा“चेर जथाभावी फालिदिने स्थानीय शिव परियारले बताए ।
किसानले बाँदरलाई तीन/चार किमी टाढा धपाए पनि बाँदर फेरि गाउ“मा आउने गुनासो किसानको छ । पालिकाभित्र सबै वडामा बा“दरदेखि स्थानीय त्रसित छन् । १०/१२ वर्षदेखि बाँदरले गर्दा अन्नबाली जोगाउन समस्या रहेको भए पनि बाँदर धपाउन नसकिएको स्थानीयको गुनासो छ । खेतबारिमा लगाएको आलु, बन्दा, काउलीलगायत तरकारी खाने र बाँकी नष्ट गरिदिन थालेपछि स्थानीयले तरकारीखेती गर्न छाडेका छन् । बारिको मात्र होइन, सुलिमको मकैसमेत नष्ट गर्न थालेपछि किसान घरभित्र मकै राख्न बाध्य भएका छन् ।
बाँदर बढे पनि राज्यस्तरबाट किसानको समस्या समाधानका लागि कुनै पनि पहल नभएकामा किसानको दुःखेसो छ । वन संरक्षणले हरियाली बढ्योे तर बाँदरको समस्या भने बढेकाले किसान मर्कामा परेका छन् । बाँदरले अन्नबाली नष्ट गर्नुका साथै महिला तथा बालबालिकामाथि आक्रमणसमेत गर्दछ ।
बर्खायाम सुरु भएसगै मकवानपुरको भीमफेदी गाउपालिका–६ का कृषकलाई खेतीपातीको चटारो छ । असार–साउनमा धान रोप्नेदेखि बारिका पाटामा कोदो, फापर, तोरी र भटमास लगाउने काममा उनीहरु व्यस्त छन् । घाम होस् वा पानी, किसानको दिन खेतबारिमै बित्ने गरेको छ ।
भीमफेदी–६, धोर्सिङका कृष्णबहादुर रानाले यस वर्ष ६ बिघा जमिनमा कोदोखेती गर्ने तयारी गरेका छन् । केही समयअघि खेतमा धान रोपिसकेका राना हाल कोदो रोप्न व्यस्त छन् । उनले यसअघि खेतबारिमा प्रशस्त मकै लगाए पनि बाँदरले मकैबाली सखाप पारेपछि कोदो खेतीतर्फ आकर्षित भएको बताए । दिनरात बादर धपाउ“दा पनि आँखा छलेर बाँदरले मकै नष्ट गरेको उनको गुनासो छ । ‘खेतबारिमा लगाइएको मकै सबै बाँदरले खाइदियो । अब कोदो त नखाला कि भनेर यसपटक कोदो रोप्ने विचार गरें,’ रानाले भने । बा“दर आतंकका कारण आफूहरु हैरान भएको उनले बताए । धोर्सिङ क्षेत्रमा पछिल्लो समय स्थानीय किसानले कोदोखेतीलाई प्राथमिकता दिन थालेको र कोदोखेती गर्ने किसानको संख्या पनि बढ्दै गएको रानाको भनाइ छ । ‘पहिलाको तुलनामा हाल कोदो रोप्नेको संख्या बढ्दो छ,’ उनले भने । कोदोको मागसमेत बढ्दै गएको उनको अनुभव छ । स्थानीय उत्पादनले माग धान्न नसक्ने अवस्था रहेको उनी बताउछन् । स्थानीयस्तरमा कोदोको उत्पादन र माग बढ्दै गएपछि किसानहरु पनि रैथाने बालीतर्फ आकर्षित हुन थालेका छन् ।
कृषकलाई प्रोत्साहन गर्न भीमफेदी गाउँपालिकाले समेत रैथाने बाली प्रवद्र्धनका लागि नगद अनुदान कार्यक्रम सञ्चालन गरेको छ । गाउ“पालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार रैथाने बाली खेती प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रम सञ्चालनमा ल्याइएको हो । पालिकाका सबै वडामा लागु हुने कार्यक्रममा स्थायी ठेगाना भीमफेदी भएका इच्छुक कृषक तथा कृषि फर्मले आवेदन दिन सक्नेछन् । अनुदानका लागि कम्तिमा २ रोपनी वा सोभन्दा बढी क्षेत्रफलमा कोदोखेती गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । अनुदान रकम गाउँपालिकाको कृषि कार्यक्रम सञ्चालनसम्बन्धि निर्देशिका–२०८० (संशोधित) बमोजिम उपलब्ध गराइने पालिकाले जनाएको छ ।
क
कार्यक्रममा सहभागी हुन कृषकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, कृषि फर्म दर्ता तथा नवीकरण प्रमाणपत्र, करचुक्ता र स्थायी लेखा नम्बरसम्बन्धि कागजात, जग्गाधनी दर्ता प्रमाणपत्र तथा खेती गरिएको जग्गाको विवरण पेश गर्नुपर्नेछ । अरुको जग्गामा खेती गरेको भए जग्गाधनीस“गको सम्झौता वा मञ्जुरीनामा पनि आवश्यक पर्नेछ ।
कृषकले खेती गरिएको जग्गामा लगाइएको कोदोको क्षेत्रफल, लागत विवरण र खेतीको तस्बिरसहित स्वघोषणापत्रसमेत पेश गर्नुपर्नेछ । पालिकाले सूचना प्रकाशन भएको ३० औं दिन अर्थात् भदौ २५ गतेसम्म कार्यालय समयभित्र पालिकाको कृषि विकास शाखा वा सम्बन्धित वडा कार्यालयमा आवेदन दर्ता गर्न आग्रह गरेको छ । कोदोखेती विस्तार, स्थानीय उत्पादन प्रवद्र्धन तथा रैथाने बाली संरक्षण गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएक










मनिता राना 
